कांग्रेसमा देउवाको यात्रा ओरालो लागेकै हो त ? डडेल्धुरामै कार्यकर्ताको कालोझन्डा

  • 112
  •  
  •  
  •  
  •  
    112
    Shares

काठमाडौं, २९ जेठ । केही दिनअघि नेपाली कांग्रेसका सभापति गृहजिल्ला डडेल्धुरा पुगे । प्रधानमन्त्रीबाट हटेपछि उनी पहिलोपटक डडेल्धुरा पुगेका हुन् । विगतमा देउवा जिल्ला पुग्दा नेता कार्यकर्ताले निकै सम्मान गर्थे ।

धनगढीदेखि नै उनको सवारीमा लाम लाग्थ्यो । तर, यसपटक ठीक विपरीत देखियो । देउवालाई गृहजिल्लामै पार्टीका नेता कार्यकर्ताले कालोझन्डा देखाएको विषयले अहिले कांग्रेसभित्र सनसनी मच्चिएको छ । खासगरी प्रदेश नम्बर ७ का पार्टी नेता कार्यकर्तामा यसले धेरै चर्चा पाएको छ ।

समाचार माध्यममा यस विषयले त्यति धेरै स्थाम नपाए पनि सामाजिक सञ्जालमा भने यसले व्यापकता पाएको छ । आफूलाई लामो समयदेखि साथ दिँदै आएका नेता कार्यकर्ताको संरक्षण गर्न नसकेको, गुटबन्दीलाई प्रश्रय दिएकोलगायतका कारण देउवाले आफ्नै गृहजिल्लामा यति आलोचित हुनुपरेको विश्लेषण गरिएको छ । अहिले डडेल्धुरामा उनी निकट नै देउवाले केही नगरेको भन्दै विरोध गर्न थालेका छन् ।

गत मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अनपेक्षित पराजय बेहोरेपछि देउवाको राजनीति ओरालो लाग्ने क्रम सुरु भएको हो । पार्टीको १३औं महाधिवेशनपछि साढे दुई वर्षको यो अवधिमा संगठन चलाउन नसकेको भन्दै नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, गगन थापालगायत अहिले एक ठाउँमा उभिएका छन् । महामन्त्री डा.शशांक कोइराला अहिले कतै खुलेका छैनन् । उनले सभापति देउवालाई साथ दिएको पौडेल–सिटौलाको आशंका छ । तर, शशांकलाई अहिले नै देउवाको क्याम्पमा जान नदिने रणनीतिमा यो समूह लागेको छ ।

तर, देउवाका आफ्नै टिमका नेताहरू भने निकै विवादित र एक्लिँदै जान थालेका छन् । उपसभापति विमलेन्द्र निधिको सक्रियता त्यति देखिएको छैन । महामन्त्री पूर्णबहादुर खड्का विरामी छन् । सहमहामन्त्री डा.प्रकाशशरण महतलाई कसैले पत्याउँदैनन् । पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा मात्रै अहिले देउवा पक्षमा एक्टिभ देखिएका छन् । अहिलेको ध्रुवीकरण हेर्दा १४औं महािधवेशनमा देउवाको पक्कड पार्टीबाट खुस्किने स्पष्ट संकेत देखिँदै गएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

48 ÷ = 6