सिन्धुपाल्चोकमा भेटियो अनौठो रुख चोट लाग्दा निस्कन्छ रगत र दूध

  • 69
  •  
  •  
  •  
  •  
    69
    Shares

काठमाडौँ, २९ जेठ । सिन्धुपाल्चोकको घुसुङे पुछार सामुदायिक वनमा अनौठो रुख भेटिएको छ । बलेफी गाउँपालिका ३ फुलिङकोटमा उक्त रुख फेला परेको हो । रामबाबु नामको उक्त रुखमा चोट लाग्यो भने रगत र दूध जस्तो तरल पदार्थ निस्कने गर्छ ।रुखको फल वैज्ञानिक परिक्षणको लागि वन मन्त्रालयको वृक्ष सुधार महाशाखामा पठाइएको वन कार्यालय जलविरेका रेञ्जर भोला न्यौपानेले बताए ।

करिब चार मिटर गोलाइ र १० देखि २० मिटरसम्म उचाइ रहेको अनौठो प्रजातिको सो रुखको फल सुपारी जस्तो हुन्छ भने खाँदा बाहिरी भागमा नुनिलो र अमिलो तथा भित्री भागमा काँचो नरिबलको स्वाद हुने गरेको छ । उक्त रुखमा फलेको फलको वैज्ञानिक परीक्षण शुरु भएको छ ।

खाँदा मीठो लागेपनि एकरदुई दानासम्म खाएमा केही नहुने र त्योभन्दा बढी खाएमा रिंगटा लाग्ने, वाक्वाकी लाग्नुका साथै झाडापखाला समेत लागी बिरामी पर्ने सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दलबहादुर थापाले बताए । उनका अनुसार २०५२ सालमा सामुदायिक वन उपभोक्ता समिति बन्नु अगाडिदेखि नै त्यहाँ सो रुख रहेको थियो । हाल त्यस रुखको संख्या ८० देखि ९० वटा रहेको छ ।

कसैले रामबुबा र कसैले राबुबा नामले पुकारिने सो रुखको काठ दाउरा कसैले पनि प्रयोगमा ल्याउँदैनन् । रामको नाम भएकाले अनिस्ट हुने आशंकामा स्थानीय कसैले पनि यस रुखलाई प्रयोग नगरेको अध्यक्ष थापाको भनाइ रहेको छ ।प्रत्येक जेठ महिनाको पहिलो सातादेखि फल्न शुरु भई असारको पहिलो सातासम्म रहन्छ । त्यसपछि फुटेर झर्न थाल्छ । सो रुखको पात सिउँडी आकारको हुने र पशुले समेत खाँदैनन् ।

त्यसको फल जैतुनको फल जस्तै बल्ने हुँदा परीक्षणद्वारा इन्धनको रुपमा पनि प्रयोग हुनसक्ने स्थानीयको अनुमान छ । त्यस प्रकारको रुख यहाँ बाहेक देशको अन्य भागमा नभएको रेञ्जर न्यौपानेले दाबी गरेका छन् । परीक्षणका रुपमा चौताराको पात्लेपानी वन नर्सरीमा समेत विरुवा उत्पादन गर्ने कार्यक्रम रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 1 = 5