एक सन्तान ईश्वरको बरदान मानेका नेपाली कलाकारहरु

  • 375
  •  
  •  
  •  
  •  
    375
    Shares

काठमाडौँ, २९ जेठ । सानो परिवार सुखी परिवार भन्ने भनाइलाई पुष्टि गर्न सफल रहेका नेपाली सिने जगतका कलाकारहरुले एक सन्तान ईश्वरको बरदान मानेका छन् । आफ्नो कार्य व्यस्तताले गर्दा भनौँ वा समय दिन नसकेर हो अर्को सन्तान प्रति चासो राखेनन् ।

नेपाली फिल्म क्षेत्रमा सदाबहार नायिकाको उपनाम पाएकी करिश्मा मानन्धरले निर्माता बिनोद मानन्धरसँग विवाह गरी मात्र एक सन्तानमा नै चित्त बुझाइन् । करिश्माले आफ्नो सबथोक मानेकी छोरी कबिता मानन्धर डेब्युमाफर्त दर्शकमाझ आउँदैछिन् ।

यसैगरी नायिका झरना थापाले पनि एक सन्तानमा नै मन बुझाईन् । निर्माता सुनिल कुमार थापासँग वैवाहिक जीवनमा बाँधिएपछि नै चलचित्र क्षेत्रमा आएकी उनले आफनो करियरसँगै छोरी सुहानालाई हुर्काउँदैमा आफनो सम्पुर्ण समय सकिन् । सुहाना ‘ए मेरो हजुर ३’ माफर्त डेब्यु गर्देछिन् ।

यस्तै नेपाली फिल्म क्षेत्रमा बोल्ड नायिकाको रुपमा चिनिएकी शुभेच्क्षा थापा झरना थापाकी नातेदार पनि हुन् । आफनो बोल्ड छबीको कारण आलोचना समेत भोग्ने गरेकी शुभेच्क्षाको पनि एक छोरी मात्र सन्तानको रुपमा रहेकीभछन् । यी त भयो नायिकाहरुको कुरा । कुनै समय चर्चित नायकको रुपमा चिनिएका दिलिप राइमाझी पनि एक सन्तानमा नै चित्त बुझाएका कलाकार हुन् । हाल आफनो परिवारसहित अमेरिकामा रहेका दिलिपको छोरी दिब्य नायिकाको रुपमा परर्फेट रहेको धेरैले टिप्पणी गर्ने गर्छन् ।

त्यस्तै भुवन केसीसँग डिभोर्स लिईसकेकी कलाकार एवंम् निर्मात्री सुस्मिता केसीले पनि सम्बन्धमा रहेको बेला एक सन्तान अर्थात युवा स्टार अनमोलमा नै आफनो मातृत्वलाई सिमित गरिन् । हुनत अहिलेसम्म आफनो सन्तान सानै भएको कारण दोस्रो सन्ता नजन्माएका कलाकारहरु छन् तर माथि उल्लेखित यी कलाकारहरु हुन् जसले भबिष्यमा अर्को सन्तान पाउँने सम्भावना निकै न्युन छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 9 = 27