कहिले गरे रणविरले आलियालाई प्रपोज ?

  • 209
  •  
  •  
  •  
  •  
    209
    Shares

एजेन्सी । बलिउडका नया रियल कपल रणवीर कपुर र आलिया भट्टको प्रेमका विषयमा भारतीय मिडियाहरुले खोतलखातल गर्न छाडेका छैनन् ।

हालै एउटा मिडियाले रणवीरले आलियालाई कहा, कहिले र कसरी प्रपोज गरेका थिए भन्नेसम्म खुलासा गरेको छ । मुम्बई मिररमा प्रकाशित समाचार अनुसार रणवीर र आलियाको प्रेम ठिक ६ महिना अगाडि सुरु भएको थियो । बुल्गेरियामा फिल्म ‘ब्रम्हास्त्र’ सुटिङ चलिरहादा यी दुईबीच प्रेम अंकुराएको हो । र, न्यू इयर इभमा रणवीरले आलियालाई प्रेम प्रस्ताव राखेका थिए । जसलाई आलियाले तत्काल स्वीकार गरेकी थिइन् ।

उक्त समाचारलाई पत्याउने हो भने रणवीरले प्रपोज गर्दा दिपिका पादुकोणसाग आफूले खेलेको फिल्म ‘ये जवानी है दिवानी’ को सिन नक्कल गरेका थिए ।

यी दुईको प्रेम अहिले निकै गहिराईमा पुगिसकेको छ । उनीहरु मिडियाबाट बच्ने प्रयास गर्न पनि छोडेका छन् । पछिल्लोपटक सोनम कपुरको बिहेमा उनीहरु जोडी बााधेर आएका थिए र खुलेर फोटोसेसन गरेका थिए ।

कपुर खान्दानले आलियालाई भावि बुहारीको रुपमा स्वीकारिसकेको बताइन्छ । रणवीरकी आमा नीतु कपुरले सामाजिक सञ्जालमा आलियाको पोष्टहरुलाई लाइक, कमेन्ट गर्ने गरेकी छन् । बाबु ऋषि कपुर पनि यो सम्वन्धमा खुशी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × = 20