फिट भए मोहम्मद सलाह, गराए फोटो सुट

  • 187
  •  
  •  
  •  
  •  
    187
    Shares

काठमाडौं, २९ जेठ । इजिप्टका स्टार महोम्मद सलाह विश्वकपका लागि फिट भएका छन् । च्याम्पियन्स लिग फाइनलमा चोटग्रस्त बनेका उनी विश्वकप खेल्न रसिया पुगेका छन् । २८ बर्षपछि इजिप्टलाई विश्वकपमा छनौट गराएका सलाह फिट भएको बताइएको छ ।  उनले हालै इजिप्टको जर्सीमा फोटो सुट समेत गराएका छन् ।

समुह ए मा रहेको इजिप्टले शुक्रबार उरुग्वेसँग खेल्दैछ । उक्त खेलमा सलाहले खेल्न या खेल्दैनन् ? अझै टुंगो लागि सकेको भने छैन । सलाह पूर्णरुपमा फिट नहुँदा सम्म इजिप्टले उनलाई खेलाएर जोखिम नमोल्ने बताएको छ । यस बारेमा अहिलेसम्म कुनै निर्णय नगरिएको टिमका डाक्टर मोहम्मद अबुलेलाले बताए ।

सलाहले ३० मिनेट मात्रै प्रशिक्षणमा भाग लिएका छन् । टिमका निर्देशक ईहाब लेहेताले उरुग्वे विरुद्धको खेलमा सलाहले खेल्न सक्ने बताएका छन् । तर उनले सलाह माथि कुनै दबाब भने नदिइने बताए । रियलका क्याप्टेन सर्जियो रामेसले गरेको ट्याकलका कारण सलाहको काँधमा चोट लागेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + = 2