रुपको प्रशंसा पाएकी जाहन्वी डेब्यु फिल्म ट्रेलरको आलोचना

  • 881
  •  
  •  
  •  
  •  
    881
    Shares

एजेन्सी,२९ जेठ । बलिउड अभिनेत्री श्रीदेवीकी छोरी जाहन्वी अभिनित फिल्म ‘धड्क’ को ट्रेलर सार्वजनिक भए लगतै सुखद प्रतिक्रिया भने नआएको पाइएको छ ।

जाहन्वी को फिल्मको प्रतिक्षामा रहेकाहरुले ट्रेलरबाट निराश बनेका छन् । जाहन्वीले अभिनय क्षमताका कारण नभएर श्रीदेवीको छोरी भएकाले मात्र मौका पाएको धेरैले टिप्पणी गरेका छन् ।

यो फिल्म करण जौहरले निर्माण गरेका हुन् । उनी राम्रा प्रतिभालाई भन्दा पनि बलिउडका स्टार किड्सहरुलाई फिल्ममा डेब्यू गराउन बढि आतुर हुन्छन् । त्यसैले उनीमाथि नातावादलाई बढावा दिएको आरोप लाग्ने गरेको छ ।‘उनीसँग प्रतिभा भएकाले मैले डेब्यू गराएको हो ।

उनको फिल्म हेरेपछि मात्र प्रतिक्रिया जनाउनुहोला’ उनले भने । ट्रेलर हेर्दा भने श्रीदेवीको छोरीले खासै कमाल गरेको देखिँदैन । अर्का स्टार किड इशान खट्टरले त झन् निराश पारेका छन् । न फिल्मको विषयवस्तुमा नयाँपन देखिन्छ न कलाकारहरुको अभिनयमा कुनै दम छ । जाहन्वीलाई पहिलो गाँसमै ढुंगा लागेको टिप्पणी गर्न थालिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

88 ÷ = 44