बलिउडमा जम्न नसकेका अभिनत्रीहरु अर्बपतिसँग विवाह गरेर मस्ती गर्दै

  • 145
  •  
  •  
  •  
  •  
    145
    Shares

एजेन्सी,२९ जेठ । बलिउडमा करियर शुरु गरेका थुप्रै अभिनेत्रीहरुले बलिउडमा करियर निर्माण गर्न नसकेका उदाहरणहरु निकै रहेका छन् । हरेक वर्ष थुप्रै अभिनेत्रीहरु आउँछन् जान्छन् । यद्यपी केही अभिनेत्री हिट पनि हुन्छन । तर केही अभिनेत्रीहरु फिल्ममा फ्लप भएपछि विवाह गरी घरजम गरेर बसेका छन् । ती हुन आयशा टाकिया, अमृता अरोडा, सेलिना जेटली फिल्म क्षेत्रमा टिक्न नसकेका यी अभिनेत्रीहरु हुन ।

कहाँ छन् त यी अनिनेत्रीहरु को संग गरे घरजम

आयशा टाकिया स् केही फिल्महरुमा मात्र देखिएकी अभिनेत्री आयशा टाकियाको सुन्दरताको फ्यानहरु अझै पनि रहेका छन्। सन् २००४ आफ्नो फिल्मी करियरको सुरुवात गरेकी आयशाले ‘टार्जन द वन्डर कार’ बाट फिल्म शुरु गरेकी थिइन। उनी अन्तिम पटक सन् २०११ मा रिलिज भएको फिल्म मोड मा देखिएकी थिइन।

आयशाले सन् २००९ मा प्रेमी फरहान आजमीसँग विवाह गरी घर बसालेकी हुन्। फरहान एक ठुलो बिजनेसम्यान हुन् र उनका थुप्रै होटेलहरु छन्। उनका पिता अबू आजमी जो समाजवादी पार्टीको एक शक्तिशाली नेता हुन्।

अमृता अरोडा स् अमृताको पनि बलिउडमा फिल्मी करियर खासै राम्रो रहन सकेन। उनले अधिकांस फिल्महरुमा साइड रोल निभाएकी छन् । उनले सन् २००२ मा फिल्म ‘अवारा पागल दिवाना’ बाट फिल्मी क्षेत्रमा कदम राखेकी थिइन। उनी अन्तिम पटक सन् २००७ मा प्रदर्शनीमा आएको फिल्म ‘राख मा’ देखा परेकी थिइन।

अमृता सन् २००९ मा बिजनेसम्यान शकील लडकसँग वैवाहिक बन्धनमा बाँधिएकी थिइन। शकील एक कन्स्ट्रक्सन कम्पनीको मालिक हुन् । सेलिना जेटली स् मिस इन्डियाको ताज पहिरन गर्न सफल भईसकेकी सुन्दर अभिनेत्री सेलिना जेटलीको पनि फिल्मी करियर उस्तै रह्यो । सेलिनाको बलिउड करियर न त लामो समय टिक्न सक्यो न त हिट नै भयो। उनले सन् २००३ मा फिल्म ‘जानशीन’ बाट बलिउडमा कदम राखेकी थिइन। उनले अस्ट्रियाको बिजनेसम्यान पिटर हागसँग विवाह गरिन्। पिटरका दुबई र सिंगापुरमा होटेलहरु छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 2 = 7