२६ लागे काउटिन्हो, विश्वकप अभ्यासमै यसरी मनाइयो जन्मदिन (फोटो फिचर)

  • 648
  •  
  •  
  •  
  •  
    648
    Shares

काठमाडौं, ३० जेठ । ब्राजिल तथा बार्सिलोनका स्टार फिलिपे काउटिन्हो २६ बर्ष लागेका छन् । १२ जुन १९९२ मा ब्राजिलको रियो दी जेनेरियोमा जन्मिएका उनले मंगलबार जन्मदिन मनाएका छन् । विश्वपक तयारी गरिरहेका उनले ब्राजिलियन टिममेटसँग प्रशिक्षण कै क्रममा जन्मदिन मनाएका हुन् ।

प्रशिक्षणका क्रममा ‘वर्थ डे ब्वाइ’ काउटिन्होसँग नेयमार, गाब्रियल जेसुसले निकै रमाइलो गरेका छन् । नेयमारले स्ट्राइक पार्टनर जेसुससँग मिलेर र काउटिन्होको टाउकोमा अण्डा फोरेका थिए । ब्राजिलले सोची स्थित युग–स्टेडियममा विश्वकपको अन्तिम तयारी गरिरहेको छ । ब्राजिल रसियामा छैटौं पटक विश्वकप जित्ने अभियानमा छ ।

विश्वकप अघिका दुई खेलमा शानदार जित निकालेको ब्राजिल उच्च लयमा छ । २०१६ मा टिटेले नेतृत्व सम्हालेपछि ब्राजिलले एक खेलमा मात्रै हार व्यहोरेको छ । ब्राजिलले १७ जुनमा स्विट्जरल्याण्डसँग खेल्दै विश्वकपको सुरुवात गर्ने छ । समुह ‘इ’ मा रहेको ब्राजिलले समुह चरणमा स्विट्जरल्याण्ड, सर्विया र कोस्टारिकासँग खेल्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

30 − 27 =