९२ वर्षीय कलाकार भीमबहादुर थापाको निधन

  • 481
  •  
  •  
  •  
  •  
    481
    Shares

काठमाडौं, ३० जेठ । कलाकार सेनानी भीमबहादुर थापाको निधन भएको छ । उनको मंगलबार राति निधन भएको कलाकार दीपकराज गिरीले जनाएका छन् । थापाको आजै १२ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।

८६ वटा चलचित्र खेलेका थापा जीवन्त अभिनय क्षमताका कारण लोकप्रिय मानिन्थे । उनले अभिनय गरेका टेलफिल्मको संख्या एक सय ६५ भन्दा बढी छन् । थापाले ७० भन्दा बढी विज्ञापन खेलेका थिए ।

दीपकराज गिरी र दीपाश्री निरौलाको हाँस्य व्यंग्य टेलिफिल्म ‘तीतो–सत्य’ को पूरै भागमा थापाले दीपाको बाबुको भूमिका निभाएका थिए ।उनी बि स १९८३ साल असार १३ गते सगरमाथा अंचल खोटांग जिल्लामा जन्मिएका थिए । उनले ब्रिटिस आर्मीमा भर्ना भएर सन् १९३९ देखि १९४५ सालसम्म दोस्रो विश्वयुद्द लडेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

92 ÷ 23 =