प्रहरी चौकीमा पुगेका दुई युवतीले भने, हामी विहे गर्न चाहन्छौँ सुरक्षा दिनुस्

  • 130
  •  
  •  
  •  
  •  
    130
    Shares

एजेन्सी, २९ जेठ । भारतको उत्तर प्रदेशको मथुरामा रहेको प्रहरी चौकीका पुगेका दुई युवतीले आफुहरु प्रेम सम्बन्धमा रहेको र विवाह गर्न चाहेको बताएका छन् ।

उनीहरु एक अर्का बाट छुटेर बाँच्न नसक्ने भएपछि विवाह गर्न चाहेको बताएका छन् । प्रहरी चौकी पुगेका युवतीहरुले विवाह गरेरसँगै बस्न चाहेकाले आफुहरुलाई सुरक्षा दिन प्रहरीलाई आग्रह गरेका थिए ।

केहीबेर ती दुई युवतीको ‘ड्रामा’ चल्यो । यत्तिकैमा दुवैका परिवार पनि प्रहरी चौकी पुगे । परिवारका सदस्यले दुवै युवतीलाई सम्झाउने निकै प्रयास गरे तर दुवै आफ्नो अडान छाड्न तयार भएनन् । अन्ततः प्रहरीले उनीहरुलाई महिला थानामा पठाएको छ । भारतको यमुनापारको लक्ष्मीनगरमा एक ब्युटी पार्लरमा सँगै काम गर्ने क्रममा ती दुई युवतीको प्रेम सुरु भएको बताइएको छ ।

प्रहरीमा पुगेका दुवै युवतीले आफ्नो बिहेको लागि सुरक्षा उपलब्ध नगराए आत्महत्या गर्ने धम्कीसमेत दिए । जानकारी पाउनासाथ परिवार पनि थानामा पुगे । परिवारले दुवैलाई सम्झाइबुझाइ गरेर घर लैजाने कोसिस गरे तर दुवैले मानेनन् । अन्ततः दुवैका परिवार रिसाएर घर फर्के । बिहे गर्न चाहने युवतीहरुको उमेर २० वर्ष र १८ वर्ष छ । २० वर्षकी शिवानी र १८ वर्षकी दिप्तीले ३ महिनादेखि आफूहरुबीच प्रेम सम्बन्ध भएको बताएका छन् ।

चौकीमा युवतीले फिल्मी शैलीमा भने ‘प्रेम गर्नु कुनै पाप होइन । हामीलाई कसैसँग कुनै मतलब छैन । हामीले आपसमा प्रेम गरेका हौँ र सँगै बाँच्न चाहन्छौँ । यी दुईमध्ये शिवानी थानामा युवकजस्तो गरी प्रस्तुत भएकी थिइन् । प्रहरीले उनीहरुलाई सम्झाउने प्रयास भइरहेको र उनीहरुले नमानेमा अगाडि के गर्ने भन्ने निर्णय गरिने बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 7 =