सञ्चारमन्त्री बास्कोटाको ठाडो आदेशमा नेपाल टेलिभिजनबाट आउने ‘सिधा प्रश्न’ कार्यक्रमको प्रसारण बन्द

  • 1.6K
  •  
  •  
  •  
  •  
    1.6K
    Shares

काठमाडौं, ३० जेठ । सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाको ठाडो आदेशमा विगत १२ वर्षदेखि नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको ‘सिधा प्रश्न’ कार्यक्रम बन्द भएको छ ।

केपी ओली सरकार गठन भएको सय दिन पुगेको अवसरमा मन्त्री बास्कोटालाई प्रस्तुतकर्ता राजु थापाले ‘सिधा प्रश्न’ कार्यक्रममा ल्याएका थिए । तर, ‘सिधा प्रश्न’ ले आफ्नो चरित्र हत्या गर्न खोजेको, आफ्नो राजनीति सिध्याउन खोजेको, प्रमुख प्रतिपक्षी दल कांग्रेस जस्तो भएर आफूलाई प्रश्न सोधेको जस्ता आरोप लगाउँदै मन्त्री बास्कोटाले टेलिभिजनबाट सो कार्यक्रमको प्रसारण बन्द गर्न लगाएका हुन् ।

कार्यक्रममा बास्कोटाको प्रस्तुतिलाई लिएर सरकार र पार्टीभित्रै उनको तीव्र आलोचना भएको थियो । प्रस्तुतकर्ता थापाले सञ्चारमन्त्रीले झूट बोलेको कुरा सार्वजनिक भएपछि उनकै आदेशमा कार्यक्रम बन्द गरिएको आरोप लगाएका छन् । मन्त्री बास्कोटाको यो कार्यशैलीलाई पत्रकारहरूले अधिनायकवादी बन्न खोजेको भन्दै आलोचना गरेका छन् ।

वर्तमान सञ्चारमन्त्री बास्कोटा पत्रकारिताको पृष्ठभूमिबाट आएका हुन् । उनी अहिले पनि पत्रकार महासंघको सदस्य छन् । बास्कोटा प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र हुन् । उनी काभ्रे १ बाट सर्वाधिक मत पाएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 2 = 4