यस्तो छ विश्वकपमा रातो कार्डको इतिहास

  • 275
  •  
  •  
  •  
  •  
    275
    Shares

रेफ्रीले खेललाई नियन्त्रणमा राख्न र खेलाडीलाई संयमित बनाउन चेतावनीस्वरूप पहिलोपटक पहेँलो कार्ड देखाउने गर्छन् । बारम्बार चेतावनी दिँदा पनि खेलाडी फोहोरी खेल खेल्छन् भने रेफ्रीले रातो कार्ड देखाउन पछि पर्दैनन् । सामान्य लिग खेलदेखि विश्वकपसम्म खेलाडीहरू फिफाको फेयर प्लेअनुरूप नखेल्दा रातो कार्ड खाएर मैदान छाड्न बाध्य हुन्छन् । अन्तर्राष्ट्रिय एजेन्सीहरूले विश्वकप फुटबलमा प्रयोग भएका रातो कार्डसम्बन्धी तथ्य सार्वजनिक गरेका छन् ।

पहिलो
सन् १९३० को पहिलो संस्करणमै एक खेलाडी मैदानबाट बाहिरिए । पेरुका मिडफिल्डर प्लासिडो गालिन्डोले रोमानियका खेलाडीलाई ट्याकल गरेपछि उनी मैदानबाट बाहिरिए । विश्वकप फुटबल प्रतियोगितामा कार्ड खाँदै मैदानबाट बाहिरिने गालिन्डो पहिलो खेलाडी बन्न पुगे ।

बेन्च
सन् २००२ को दक्षिण कोरिया र जापानले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा अर्जेन्टिनाका चर्चित खेलाडी क्लाउडियो क्यानेजिया मैदानमै प्रवेश नगरी रातो कार्ड बेहोर्दे मैदानबाट बाहिरिन बाध्य भए ।

बेन्चमा रहेका खेलाडी रातो कार्ड खाँदै बाहिरिने उनी नै पहिलो खेलाडी हुन् । स्विडेनविरुद्धको खेलमा रेफ्रीले गलत निर्णय दिएपछि क्यानेजियाले रेफ्रीविरुद्ध अपशब्द प्रयोग गरेका थिए । त्यही अपशब्द उनी मैदान छाड्ने कारण बन्यो ।

फाइनल
विश्वकप फाइनलमा रातो कार्ड खाँदै मैदान छाड्ने पहिलो खेलाडी अर्जेन्टिनाका पेड्रो मोन्जोन हुन् । सन् १९९० को फाइनलमा तत्काल पश्चिम जर्मनीविरुद्धको फाइनल अर्जेन्टिनी खेलाडी मोन्जोनले जर्गेन क्लिन्सम्यानलाई ट्याकल गरेका थिए ।

क्लिन्सम्यानलाई पछाडिबाट ट्याकल गरेका मोन्जोनले सीधै रातो कार्ड पाए । सो खेल अर्जेन्टिनाले १–० ले गुमाएको थियो ।

च्याम्पियन
विश्व च्याम्पियन बन्दा खेलाडीदेखि समर्थकहरू खुसीले रमाइरहेका हुन्छन् । तर, फ्रान्सका एक खेलाडी यस्ता छन्, जसले टोली विश्व च्याम्पियन भएर पनि मैदानमा साथीहरूसँग खुसी मनाउन पाएनन् ।

सन् १९९८ को फाइनलमा फ्रान्सले ब्राजिललाई ३–० ले हराउँदै पहिलोपटक विश्वकप उपाधि जितेको थियो । फाइनल खेलको अन्तिम नतिजा आउनुअघि फ्रान्सका मार्सेल डसेली रातो कार्ड खाएर मैदानबाट बाहिरिएका थिए । विश्वकप इतिहासमा च्याम्पियन टोलीका खेलाडी रातो कार्ड पाउने उनी पहिलो खेलाडी बने ।

छिटो
विश्वकपमा सबैभन्दा छिटो कार्ड पाउँदै मैदान छाड्ने खराब रेकर्ड उरुग्वेका जोस बास्टिस्टाले बनाएका छन् । सन् १९८६ को संस्करणमा उनले खेलको ५६औँ सेकेन्डमै रातो कार्ड पाए । त्यसपछि उनले मैदान छाडे ।

दुई
दुई खेलाडीले मात्र दुई विश्वकपमा रातो कार्ड पाएका छन् । क्यामरुनका रिगोवर्ट सोङ विश्वकप इतिहासमा लगातार संस्करणमा रातो कार्ड पाए । उनले सन् १९९४ र १९९८ मा रातो कार्ड पाएका थिए । उनको रेकर्ड फ्रान्सका जिनेदिन जिदानले बराबरी गरे । सन् १९९८ मा विश्वकप करिअरमै पहिलो रेड कार्ड पाएका जिदानले २००६ को संस्करणको फाइनलमा पनि रातो कार्ड बेहोर्दे मैदान छाडे । नयाँ पत्रिकाबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 3 = 7