फिफा विश्वकप २०१८ः समुह ‘जी’ प्रिभ्यू, बेल्जियम र इंग्ल्याण्डको भिडन्त

  • 24
  •  
  •  
  •  
  •  
    24
    Shares

काठमाडौं, ३० जेठ । विश्वकप फुटबल सुरु हुन दुई दिन मात्रै बाँकी छ । विश्वकप खेल्न सहभागि हुने अधिकांश टोली रसिया पुगिसकेका छन् । विश्वकप बारे सर्वत्र चर्चा भइरहेको छ ।

यही अवस्थामा हामीले भने विश्वकपमा विभाजन गरिएका समुह र ती समुहमा रहेका टोलीका बारेमा प्रिभ्यू गरिरहेका छौं । यो भन्दा अघि हामी समुह ए, बी, सी, डी, इ एफ को प्रिभ्यू गरिसकेका छौं । आज भने समुह जी को प्रिभ्यू गर्ने छौं । यो समुहमा बेल्जियम, इंग्ल्याण्ड, पानमा र ट्युनिसिया रहेका छन् ।

टिमः बेल्जियम

फ्याक्स सिट
पछिल्लो विश्वकपः क्वाटरफाइनल, २०१४
उत्कृष्ट नतिजाः चौथो, १९८६
कन्फ्रडेरेसनः यूइएफए
म्यानेजरः रोबर्टो मर्टिनेज
क्याप्टेनः इडेन हार्जाड
विश्व वरियताः ३
सम्भावित फर्मेसनः ३–४–२–१

रसिया यात्रा

बेल्जियम यूरोपियन क्षेत्रको छनौट समुहको विजेता बनेको थियो । छनौट चरणमा उसले ४३ गोल गरेको थियो । छनौट चरणका एक खेलमा पनि पराजय नभोगी उसले छनौट चरणको अन्त्य गरेको थियो ।

म्यानेजर

अबर्टो माार्टिनेज २०१६ मा बेल्जियमका म्यानेजर नियुक्त भएका थिए । त्यही बर्ष उनलाई इंग्लिस प्रिमियर लिगको एभर्टनले बर्खास्त गरेको थियो । उनले मार्क विल्मोट्लाई रिप्लेस गर्दै बेल्जियमको राष्ट्रिय टोली सम्हालेका हुन्् । अहिले उनको टोलीले उत्कृष्ट प्रर्दशन गर्दै आएको छ ।

स्क्वाड

हेर्न लायक खेलाडी

चेल्सीका स्टार इडेन हार्जाड उत्कृष्ट खेलाडी हुन् । उनले गत सिजन चेल्सीबाट उत्कृष्ट प्रर्दशन गरेका थिए । उनी विपक्षीका लागि कुनै पनि बेला घातक बन्न सक्छन् ।

केविन डी ब्रुने बेल्जियमा अर्का उत्कृष्ट खेलाडी हुन् । उनलाई ‘असिस्ट किङ’ समेत भन्ने गरिन्छ । पेप गर्डिओला नेतृत्वको म्यानचेस्टर सिटीबाट उनले गत सिजन उत्कृष्ट प्रर्दशन गरेर प्रिमियर लिग जिताउन महत्वपूर्ण योगदान गरे । उनी विश्वका उत्कृष्ट मिडफिल्डर मध्ये एक हुन् ।
रोमालु लुकाकुले गत सिजन एभर्टनबाट म्यानचेस्टर युनाइटेड आएर उत्कृष्ट खेल पस्के । विश्वकपमा पनि उनले उत्कृष्ट प्रर्दशन गर्ने अपेक्षा गरिएको छ ।

टिमः इंग्ल्याण्ड

फ्याक्ट सिट

पछिल्लो विश्वकपः समुह चरण, २०१४
उत्कृष्ट नतिजाः विश्व विजेता, १९६६
म्यानेजरः ग्यारेथ साउथगेट
कन्फ्रडेरेसनः यूईएफए
क्याप्टेनः ह्यारी केन
विश्व वरियताः १३
सम्भावित फर्मेसनः ३–४–२–१÷४–२–३–१

रसिया यात्रा

बेल्जियम झैं इंग्ल्याण्ड पनि आफ्नो समुहको विजेता बन्दै विश्वकपमा छनौट भएको हो । उसले ३० मा २६ अंक जोडेको थियो । इंग्ल्याण्डले १० खेलमा तीन गोल गरेको थियो । इंग्ल्याण्डले स्लोभेनिया विरुद्ध १–० को जित निकाल्दै विश्वकप यात्रा पक्का गरेको थियो ।

म्यानेजर

अंग्रेजी फुटबलका एक अनुभवी व्यक्ति हुन्, ग्यारेथ साउथगेट । उनी २०१६ को नोभेम्बरमा इंग्ल्याण्डको प्रशिक्षकमा नियुक्त भएका थिए । उनलाई धेरैले विश्वास गरेका थिएनन्, उनले विश्वकपमा इंग्ल्याण्डको नेतृत्व गर्छ भन्नेमा धेरैलाई शंका थियो ।

स्क्वाड

हेर्न लायक खेलाडी

क्याप्टेन ह्यारी केनले गत सिजनमा टोटनह्यामबाट उत्कृष्ट प्रर्दशन गर्दै ३० गोल गरेका थिए । उनले यो लयलाई विश्वकपमा पनि जारी राख्ने अपेक्षा गरिएको छ ।

रहिम स्टर्लिङ प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीका महत्वपूर्ण सदस्य हुन् । पेप गर्डीओलाको नेतृत्वमा उनले उत्कृट खेल्दै आएका छन् । उनले रसियामा पनि उत्कृष्ट खेल्ने अपेक्षा गरिएको छ । डेली अली एक प्रतिभावान युवा खेलाडी हुन् । उनले टोटनह्यामको टिममेट ह्यारी केनसँगको तालमेलमा उत्कृष्ट खेल पस्कने विश्वास गरिएको छ ।

टिमः पनामा

विश्वकपः पहिलो
कन्फ्रडेरेसनः कोनक्याफ
म्यानेजरः हर्नन डारियो गोमेज
क्याप्टेनः रोमन टोरेस
विश्व वरियताः ५५
सम्भावित फर्मेसनः ५–४–१÷४–४–२

रसिया यात्रा

उत्तर अमेरिकी क्षेत्रबाट पानामाले होन्डुरस विरुद्ध खेल्दै विश्वकप छनौटको यात्रा थालेको थियो । तर, उसले होन्डुरसलाई हराउँदै सबैलाई अचम्ममा पारेको थियो । तर ६ खेलमा एकपनि जित निकाल्न नसकेको पानामा दबाबमा थियो । पानामाको अन्तिम खेल कोस्टारिकासँग थियो । कोस्टारिकालाई हराउनै पर्ने बाध्यतामा पानामा थियो त्यती मात्रै होइन उसको रसिया यात्रा पक्का हुन अमेरिका र होन्डुरसले हार्नुपर्ने पनि थियो । नभन्दै त्यस्तै भयो । कोस्टारिकालाई पानामाले २–१ ले हरायो र अमेरिका र होन्डुरसले पनि हार व्यहोरे ।

म्यानेजर

हर्नन डारियो गोमेज पछिल्लो बर्ष देखि पानामाको प्रशिक्षक छन् । उनी यस्ता म्यानेजर हुन्, जसले कोलाम्बिया (१९९८), इक्वेडर (२००२) र पनामा (२०१८) मा प्रशिक्षककोरुपमा सहभागिता जनाउँदैछन् ।

हेर्न लायक खेलाडी

क्याप्टेन रोमन टोरेस पनामाका लागि एक प्रेरणा हुन् । टोरेस तीनै व्यक्ति हुन्, जसले पनामालाई विश्वकपमा छनौट हुने महत्वपूर्ण मानिसएको कोस्टारिका विरुद्धको खेलमा विजयी गोल गरेका थिए । पनामासँग अन्य ठूला स्टार खेलाडी छैनन् । तर, बलियो सामुहिक भावना र सन्तुलित खेल शैलीका कारण पनामाले राम्रो प्रर्दशन गर्दै आइरहेको छ ।

टिमः ट्युनिसिया

फ्याक्ट सिट

पछिल्लो विश्कपः समुह चरण, २००६
उत्कृष्ट प्रर्दशनः समुह चरण (७८, ९८, ०२, ०६)
म्यानेजरः नबिल मालौल
कन्फ्रडेरेसनः क्याफ
क्याप्टेनः यामेन माथलौथी
विश्व वरियताः १४
सम्भावित फर्मेसनः ४–२–३–१

रसिया यात्रा

ट्युनिसियाले विश्वकप छनौटमा आफ्नो समुहमा रहेका कंगो, गिनी र लिभियालाई हराएर रसिया यात्रा पक्का गरेको थियो । समुह चरणको विजेता हुँदै ट्युनिसियाले विश्वकप यात्रा पक्का गरेको थियो ।

म्यानेजर

नबिलकै नेतृत्वमा ट्युनिसिया छनौट चरणमा समुह विजेता हुँदै विश्वकप यात्रालाई पक्का गरेको हो । सन्तुलित टिम, बलियो मनोविज्ञान र बोल्ड तथा रणनीतिक निर्णय लिन सक्ने उनको क्षमताले ट्युनिसियाको टिमले लामो यात्रा तय गर्न सक्छ ।

स्क्वाड

हेर्न लायक खेलाडी

सेफ एडी खाओई, जो फ्रेन्च लिगमा ट्रयास क्लबबाट खेल्छन् । उनी ट्युनिसियाका लागि उत्कृष्ट खेलाडी हुन् । जसले निकै राम्रो खेल्ने गरेका छन् । यस्तै पूर्व प्रिमियर लिग क्लब सन्डरल्याण्डबाट खेलिसकेका हावी व्हाबी खजरी पनि ट्युनिसियाका महत्वपूर्ण सदस्य हुन् । डिफेन्डर अली मलोल पनि ट्युनिसियाका हेर्न लायक खेलाडी हुन् ।

समुह ‘जी’ का खेल

१८ जुनः बेल्जियम भर्सेस पनामा, राति ८ः४५
१८ जुनः ट्युनिसिया भर्सेस इंग्ल्याण्ड, राति ११ः४५
२३ जुनः बेल्जियम भर्सेस ट्युनिसिया, साँझ ५ः४५
२४ जुनः इंग्ल्याण्ड भर्सेस पनामा, साँझ ५ः४५
२८ जुनः इंग्ल्याण्ड भर्सेस बेल्जियम, राति ११ः४५
२८ जुनः पनामा भर्सेस ट्युनिसिया, ११ः४५

बेल्जियम र इंग्ल्याण्डको भिडन्त

यो समुहमा रहेका बेल्जियम र इंग्ल्याण्डबीचको खेल निकै रोमान्चक हुनेछ । यो खेल संसारका फुटबल प्रेमीहरुका लागि बहुप्रतिक्षित बनेको छ । समुह विजेता बन्नका लागि बेल्जियम र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । अन्य दुई टोलीको प्रर्दशनले समुह विजेताको टुंगो लगाउनेछ । तर बेल्जियम र इंग्ल्याण्ड नै अन्तिम १६ मा प्रवेश गर्ने सम्भावना धेरै छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 1 = 2