नयाँ शक्ति स्थापनाको दुई वर्ष, देवेन्द्र पौडेलदेखि रामचन्द्र झासम्मका विश्वासपात्रले छाडे बाबुरामलाई

  • 33
  •  
  •  
  •  
  •  
    33
    Shares

काठमाडौं, ३० जेठ । नयाँ शक्ति नेपाल पार्टी स्थापना भएको दोस्रो वर्ष पूरा गरी तेस्रो वर्ष लागेको छ । २०७३ जेठ १३ गते दशरथ रंगशालामा भव्य कार्यक्रम गरी तेस्रो वैकिल्पक शक्ति भन्दै पार्टी स्थापना घोषणा गरेका पूर्वमाओवादी नेता डा.बाबुराम भट्टराईले आज बबरमहलस्थित कार्की बैक्वेटमा पार्टी स्थापना दिवस मनाउँदैछन् । पार्टी तेस्रो वर्ष प्रवेश गरेको अवसर पारेर नयाँ शक्तिले राष्ट्रिय युवा अभियानको ‘राष्ट्रि भेला’ आयोजना गर्दैछ ।

वैकल्पिक राजनीतिक शक्ति भन्दै नयाँ शक्ति गठन गरे पनि पार्टीमा असन्तुष्टि सुरु हुँदै गएपछि सबैभन्दा पहिला वाम बुद्धिजीवीका रूपमा संगठित मुमाराज खनालले नयाँ शक्ति पार्टीबाट अलग भएको घोषणा गरे । त्यसलगत्तै पूर्वअर्थसचिव रामेश्वर खनालले १ चैत ०७३ सालमा नयाँ शक्ति छाडे । पार्टीको सुरक्षा तथा अनुसन्धान विभाग प्रमुखसमेत रहेका पूर्वडीआइजी गणेश राई पनि एक वर्षसम्म पार्टीमा टिक्न सकेनन् ।

स्थानीय तहको निर्वाचनमा सोचेअनुरूप नतिजा नआएपछि नेता देवेन्द्र पौडेलसहित १५ जना नेताले गत २ भदौमा नयाँ शक्ति छोडे । त्यसलगत्तै रामचन्द्र झा र रामकुमार शर्मा नयाँ शक्ति छोडी माओवादी केन्द्रमा प्रवेश गरे । प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि नयाँ शक्तिमा निष्क्रिय रहेका प्रवक्ता खिमलाल देवकोटा गत २२ फागुनमा माओवादी केन्द्रमा प्रवेश गरे । जसमध्ये देवेन्द्र पौडेल प्रतिनिधिसभा सदस्य बन्न सफल भएका छन् । मुमाराम खनाल भने अहिले विवेकशील साझा पार्टीमा आबद्ध छन् ।

एकपछि अर्का नेता कार्यकर्ताले पार्टी छोड्न थालेपछि नयाँ शक्ति कमजोर हुन थालेको हो । अहिले माओवादी पृष्ठभूमिबाट आएका नयाँ शक्तिमा भट्टराई र पत्नी हिसिला यमी, देवेन्द्र पराजुली, कल्पना धमला, गंगानारायण श्रेष्ठ तथा वन्दना सुवेदी मात्र छन् । धेरैजसो माओवादी स्कुलिङका नेताले नयाँ शक्ति छाडेका छन् । माओवादीमा रहँदा बाबुरामका अति विश्वासपात्र दीनानाथ शर्मा र प्रभु साहले उनलाई साथ दिएनन् । उनीहरू बाबुरामको नयाँ शक्तिमा आउनै चाहेनन् ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनअघि १७ असोजमा भएको एमाले–माओवादी वाम गठबन्धनमा भट्टराई पनि सहभागी भए । तर, गठबन्धनमा समस्या भएपछि भट्टराई कांग्रेससँग तालमेल गरी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहभागी भए । नयाँ शक्तिले स्थानीय तहमा दुई सिट जित्यो । बाबुराम मात्र प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 29 = 39