‘रेस ३’ रिलिजको दिन मिल्नेछ दर्शकलाई छुट्टै सरप्राइज

  • 180
  •  
  •  
  •  
  •  
    180
    Shares

एजेन्सी, ३० जेठ । बलिउड सुपरस्टार सलमान खानले फिल्म ‘रेस ३’ रिलिजको दिन दर्शकलाई छुट्टै सरप्राइज दिने भएका छन् । ‘रेस ३’ रिलिजको प्रर्दशनसँगै आनन्द एल रायको निर्देशनमा निर्माण भएको फिलम ‘जिरो’ को टिजर भिडियो पनि सार्वजनिक गरिने भएको छ ।

एकैसाथ रिलिज सार्वजनिक हुने दुई फिल्म र फिल्मको टिजरमा दुबै अभिनेता सलमान खान र शाहरुख खानलाई देख्न सकिने भएको छ ।
टिजरको एक सिन छ जहाँ, दुबै अभिनेता बक्सिङ रिंगभित्र देखिएका छन्। दुई खानलाई एकसाथ हेर्न चाहेका दर्शकलाई ‘जिरो’ फिल्म युनिटले सलमानको ‘रेस ३’ प्रदर्शनका दिन नै सरप्राइज दिन लागेको हो।

फिल्म निर्माण टिमको अनुसार एक डान्सको सिन छ, जसमा दुबै अभिनेता रिंगभित्र डान्स गरिरहेका देखिएका छन्। लामो समयपछि सलमान खान र साहरुख एकसाथ देखिन लागेका हुन्। दुई खानलाई एकसाथ हेर्न पाउने दर्शकको चाहना अब चाडै पुरा हुने भएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × = 4