शरिरको वजन घटाउँन जिउँदै लगाइन्छ आगो

  • 122
  •  
  •  
  •  
  •  
    122
    Shares

एजेन्सी,३० जेठ । नियमितत खानपानका कारण वजन बढ्ने गर्छ । मानिस स्वस्थ रहन जति वजन चाहिने त्यो भन्दा बढी भयो भने मानिसहरुमा विभिन्न रोगहरु देखा पर्ने गर्छ । त्यसकारण मानिसहरुले आफ्नो शरिरको तौललाई सन्तुलित राख्नको लागि धेरै मेहनत समेत गरेका हुन्छन् । घण्टौँसम्म जिममा पसिना बगाउने दौडिने उफ्रिने गरेर तौल घटाइन्छ । तर चिनमा उस्तो ठाउँ छ जहाँ तौल घटाउनको लागि शरिरमा आगो लगाइन्छ ।

शरीरमा आगो लगाएर वजन घटाउने प्रक्रिया चीनमा छ। यो पद्धतिलाई हुआ लियो ट्रिटमेन्ट भनिन्छ। यसमा मानिसको धेरै मोटो भएको शरीरको माथि चिसो टावेल राखेर त्यसमाथि आगो लगाइन्छ। र यही आगोले शरीरको बोसो पगाल्दिन्छ।

यो पक्रियाकालागि दुई देखि तीन महिनाको कोर्स हुन्छ। जसमा व्यक्तिलाई उसको शरीर र आवश्यकता अनुसार समय दिइन्छ। केही व्यक्तिलाई दुई तीन सेटिङ मै फाइदा हुन्छ। जबकि केही व्यक्तिलाई पाँचदेखि ६ सेटिङ सम्म गराउनुपर्छ।

चीनमा यो उपचार विधि कयौं वर्षदेखि चल्दै आएको छ। र चीनमा यो सामान्य विषय हो। तर अन्य देशमा वजन कम गराउने यो पद्धतिलाई आश्चर्यका रुपमा लिइन्छ। यो उपचार पद्धति विशेषज्ञको निगरानीमा गरिन्छ। यसमा शरीरमा आगो लगाउने समय सीमा निर्धारण गरिन्छ। त्यसपछि टावेलले हटाइन्छ। शरीरमा आगो लगाएपछि त्यहाँ चलेको निसान देखिन्छ। तर, त्यो केही समयपछि हटेर जान्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

25 + = 28