यी च्यानलमा हेर्नुहोस् विश्वकपको प्रत्यक्ष प्रशारण, पहिलो पटक नेपालीमा पनि कमेन्ट्री

  • 2.4K
  •  
  •  
  •  
  •  
    2.4K
    Shares

काठमाडौं, ३० जेठ । विश्कप फुटबलको प्रत्यक्ष प्रसारण विदेशी च्यानलको साथै नेपालका पनि तीन वटा च्यानलले दिने भएका छन् ।

नेपालमा डिस होमको एक्सन स्पोर्ट्स च्यानल, नेपाल टेलिभिजन र कान्तिपुर टेलिभिजनमा प्रत्यक्ष प्रशारण दिदैं छन् । भने डिस होमको एक्सन स्पोट्र्स च्यानलले भने नेपाली कमेन्ट्रीसहितको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । वरिष्ठ टिप्पणीकार संजिव शिल्पकारले खेलको कमेन्ट्री गर्नेछन् ।

डिस होमले भने नेपाली दर्शकका लागि नेपाली भाषालाई प्रथामिकतामा राख्दै कमेन्ट्री दिन लागेको हो।

यसबाहेक खेल सुरु हुनु अघि र खेल पछि पनि विभिन्न कार्यक्रमहरु डिस होमले प्रसारण गर्नेछ । खेल विश्लेषणका लागि फुटबलसँग सम्बन्धित केहि चर्चित व्यक्तित्वहरुपनि आबद्ध हुँदैछन्।

डिस होमले सार्वजनिक गरेको प्रोमोसन भिडियोमा पूर्व राष्ट्रिय कप्तान हरि खड्का, गोलरक्षक किरण चेम्जोङ, मिडफिल्डर विक्रम लामा, कप्तान विराज महर्जन लगायत देखिएका छन्। फिफा विश्वकपको सोनी च्यानलले रसियाबाट सिधै प्रत्यक्ष प्रशारण गर्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

27 ÷ = 27