धर्म बुबा गुमाउँदा भावविह्वल अवस्थामा दिपाश्री

  • 3.1K
  •  
  •  
  •  
  •  
    3.1K
    Shares

काठमाडौँ, ३० जेठ । वरिष्ठ कलाकार भिम बहादुर थापाको गएराती आफ्नै निवसमा निधन भएको छ । उनको निधनले फिल्म क्षेत्र यतिबेला शोकमग्न बनेको छ । ‘देवी’ र ‘तितो सत्य’ मा दीपाको बुवा नै बनेकाले थापालाई दीपा धर्म बुवा मान्थिन् । उनको सम्बन्ध थापा परिवारसंग पनि निकै नजिक छ ।

धर्म बुवाको निधनको खबरले विक्षिप्त बनेकी दीपाले ‘छक्का पञ्जा ३’ को पोखरामा भईरहेको सुटिङ नै छोडेर राजधानी फर्किएकी छन् । थुप्रै फिल्म र टेलिसिरियलहरुमा अभिनय गरेका थापाले विषेश गरी ‘देवी’ मा मुखिया बा र ‘तितो सत्य’ मा दीपाश्री निरौलाको बुवाको भुमिकामा निकै रुचाईएको थियो भने राम्रो चर्चा पनि बटुलेका थिए ।

थापा निवास पुगेकी दीपाले धर्म बुवालाई गुमाउँदा र उनको शव देख्दा मन थाप्न सकिनन् । मृत्यु र बिछोडको कसैलाई पनि राम्रो लाग्दैनन । आफुलाई सम्हाल्दै धर्म आमा र बहिनीहरुलाई पनि सम्हाल्दै दीपा धर्म बुवा गुमाउँदा निकै भावविह्वल बनेकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 4 = 28