रिलिज अघि नै विवादमा ‘सञ्जु’

  • 90
  •  
  •  
  •  
  •  
    90
    Shares

एजेन्सी, ३० जेठ । रिलिज मिति आउनु अगाडी नै विवादमा तानिएको फिल्म ‘सञ्जु’ विरुद्ध भारतको सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेशन सीबीएफसीमा मुद्दा दर्ता भएको छ ।

बलिउड अभिनेता सञ्जय दत्तको बायोफिकमा निर्माण भएको फिल्म ‘सञ्जु’ को एक दृश्यको विषयमा उजुरीकर्ताले आपत्ति जनाउँदै यसबारे कारवाही नगरिए अदालतको ढोका ढक्ढकाउने चेतावनी दिएका छन् ।

उजुरीकर्ता पृथ्वी मास्केले फिल्ममा जेलको ब्यारेकमा ट्वाइलेट लिकेज भएको दृश्यमा आपत्ति जनाएका छन् ।११ जूनमा सिबिएफसीका चेयरम्यान प्रसुन जोशी, फिल्म निर्माता र रणबीर कपुरलाई सम्बोधन गर्दै पत्रमा लेखिएको छ, ‘फिल्मको ट्रेलरमा संजय दत्त बसेको जेलको ट्वाइलेट ओभरफ्लो भएको देखाइएको छ । तर प्राप्त सूचना अनुसार सरकार र जेल अधिकारीले जेलको ब्यारेकको पूरा ख्याल राख्छन् ।

हामीले यस्तो प्रकारको कुनै पनि घटना सुनेका छैनौं ।’ राजकुमार हिरानीद्वारा निर्देशित सञ्जु २९ जूनमा रिलिज हुँदैछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 46 = 50