हनिमुन मनाउन जाने नयाँ जोडीलाई होटलले दिन्छ १ करोड पुरस्कार

  • 59
  •  
  •  
  •  
  •  
    59
    Shares

एजेन्सी,३० जेठ । विवाह पछि हनिमुन मनाउन सुविधासम्पन्न ठाउँ जाने चाहना सबैलाई हुन्छ तर सबैसँग यसरी रमाइलो गर्ने क्षमता भने हुदैन र राख्दैनन् ।

आर्थिक अभावका कारण चाहेजस्तो ठाउँमा हनिमुन मनाउन नपाउने जोडीका लागि निकै राम्रो अफर दिएको छ एक होटलले । इजरायलको राजधानी जेरुसेलमा रहेको होटल येह्दाले भने त्यस्ता जोडीके लागि सुनौलो अवसर दिएको छ तर सर्त सहित । नव जोडीको लागि उक्त होटलले दिएको अफर भने निकै अनौठो रहेको छ ।

यहाँ हनिमुन मनाउने जोडीहरुलाई १ करोड रुपैयाँ पुरस्कार दिइन्छ । यतिमात्र होइन उनीहरु होटलमा बस्दा लागेको सबै खर्च पनि लिदैन्, तर यसको लागि एउटा शर्त छ । होटलको शर्तअनुसार जोडीले पुरस्कार तब मात्र पाउँछन् जब तोकिएको दिनमा महिला गर्भवती हुन्छिन् ।
प्रमाणको लागि जोडीले मेडिकल रिपोर्ट पनि पेश गर्नुपर्छ । यो अफर हरेक ४ वर्षमा आउँछ ।

होटलले हरेक अधिकवर्षमा यो अफर राख्छ । अफरअनुसार जोडीहरु हरेक ४ वर्षमा आउने २९ फेब्रुअरीका दिन यो होटलमा आउँछन् र त्यहीँ बस्छन् । यदि महिला त्यही दिन गर्भवती भएमा होटलले उक्त जोडीलाई १ करोड पुरस्कार समेत दिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

63 + = 66