विश्वकपका मुखैमा स्पेनका प्रशिक्षक बर्खास्त

  • 123
  •  
  •  
  •  
  •  
    123
    Shares

काठमाडौं, ३० जेठ । स्पेनिस फुटबल फेडरेशनले प्रशिक्षक युलेन लोपेलुइगीलाई बर्खास्त गरेको छ । फेडरेशनले विश्वकप सुरु हुन एक दिन अघि प्रशिक्षक बर्खास्त गरेको हो ।

स्पेनिस क्लब रियल मड्रिडमा अवद्ध हुने घोषणा गरेसँगै उनलाई बर्खास्त गरिएको हो । फेडरेशनका अध्यक्ष लुइस रुवियल्सले भनेका छन्, ‘हामी प्रशक्षिकलाई बर्खास्त गर्न बाध्य हुन पर्यो । उनलाई शुभकामना दिन्छौं ।’

उनले स्पेनको राष्ट्रिय टोलीमा यसप्रकारको हर्कत नसुहाउँदो भएको बताएका छन् । यद्यपी उनले युलनको प्रशंसा गर्दै भनेका छन्, ‘म उनको सम्मान गर्न चाहान्छु ।  उनले हामीसँग हुँदा मेहनतका साथ काम गरेका छन् । तर उनको यो निर्णयले आलोचन सहनु परेको छ । त्यसैले निकै असहज परिस्थितीमा उनलाई बर्खास्त गर्नु पर्यो ।’

उनी दुई बर्ष अघि स्पनेको प्रशिक्षकमा नियुक्त भएका थिए । उनको नेतृत्वमा स्पेनले कुल २० खेल खेलेको थियो । जसमा १४ जित र ६ बराबरीको नतिजा निकालेको थियो ।

समुह चरणमा पोर्चुगल विरुद्ध खेल्नु अघि नै प्रशिक्षक युलन बर्खास्तिमा परेका हुन् । स्पेनलाई रसिया विश्वकपको प्रमुख दावेदार मानिँदै आइएको छ । युलन बर्खास्त भएपछि दोस्रो पटक विश्वकप जित्ने स्पेनको अभियान के हुन्छ ? भन्ने प्रश्न उठ्न थालिसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 65 = 74