आमिर र रणवीर नजिकिदा सलमानलाई तनाव

  • 152
  •  
  •  
  •  
  •  
    152
    Shares

एजेन्सी,३० जेठ । बलिउड अभिनेता आमिर खान र सलमान खान नजिकिएको देखेर सलमान खान निकै आक्रोसित बनेका छन् । अभिनेत्री कट्रिना कैफको कारण सलमान खानसंग रणवीरको सम्बन्धमा खटपट सुरु भएको थियो । लामो समयसम्म प्रेम सम्बनधमा रहेका कट्रिना र सलमानको सम्बन्ध रणवीरको कारण टुटेको थियो । रणवीरले कट्रिनालाई सलमान बाट खोसेर आफ्नो बनाएका थिए । अहिले त रणवीरले कट्रिनालाई छोडिसके तर पनि सलमानको रिस मरेको छैन ।

सलमान रणवीरलाई मात्र होइन, रणवीरसँग नजिक हुनेहरुलाई पनि रुचाउँदैनन् । यसको पछिल्लो उदाहरण सञ्जय दत्त हुन् । सलमान र सञ्जयबीच राम्रो सम्वन्ध थियो । तर, जहिले आफ्नो बायोपिकमा रणवीरलाई खेलाउन सञ्जयले अनुमति दिए, सलमान उनीसँग पनि टाढिए । अहिले सलमान र सञ्जयबीच औपचारिक सम्वन्ध मात्र छ ।

अब पालो आएको छ आमिर खानको । आमिर यतिबेला रणवीरको प्रशंसक बनेका छन् । फरक खालका फिल्ममा अभिनय गरेका र जस्तो खालको चरित्रमा पनि न्याय गर्न सफल भएको भनेर उनी रणवीरको प्रशंसा गर्दै हिँड्न थालेका छन् ।

रणवीर पनि आमिरका फ्यान हुन् । यो कुरा उनले सार्वजनिकरुपमै बताउने गरेका छन् । यसरी आमिर र रणवीर नजिकिँदै गएपछि सलमानको भने ब्लड प्रेसर बढ्न थालेको बताइन्छ । उनी चाहँदैनन् कि रणवीरको करिअरमा आमिरले सहयोग गरुन् । यदि आमिरले त्यस्तो गरेको खन्डमा उनीसँग पनि टाढिने मुडमा छन् सलमान ।

आफूभन्दा जुनियर कलाकारसँग यो हदसम्म रिसइबी राखेपछि सलमानको तीव्र आलोचना हुन थालेको छ । रणवीरले यस विषयमा मुख त खोलेका छैनन्, तर उनी भित्रभित्रै निकै आक्रोशित बनेको बताइन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 × = 40