अभिनेत्रीहरुको नाम जुद्दा चिन्नै गाह्रो

  • 338
  •  
  •  
  •  
  •  
    338
    Shares

काठमाडौँ, ३० जेठ । नेपाली फिल्म क्षेत्रमा निकै चर्चा कमाएका नायिकाहरुको नाम जुद्दा उनीहरुको फ्यानलाई भने समस्यामा पारेको छ । कतिको नाम मात्र हैन थरसमेत मिलेपछि उनीहरुको फ्यान झुकिने गरेका छन् ।

बर्षा राउत र बर्ष सिवाकोटी : यो नाम नेपाली फिलम क्षेत्रमा निकै चर्चित नाम वर्षा राउत र वर्षा सिवाकेटी । लामो समयदेखि यस क्षेत्रमा कार्यरत उनीहरु नाम जुध्दा सुरुवातमा दर्शकहरु राम्रैसँग झुक्किने गर्छन् । यति सम्मकी यी दुई नै अभिनय गरेको फिल्ममा नाम जुधेकै कारण बर्षा सिवाकोटीले उक्त चलचित्रबाट हात झिकेको समेत चर्चा चलेको थियो ।

नम्रता श्रेष्ठ र नायिका नम्रता श्रेष्ठ : चर्चित नायिकाकी रुपमा आफुलाई चिनाउन सफल नायिका नम्रता श्रेष्ठको नाम पनि अर्की नव नायिका नम्रता श्रेष्ठसंग जुध्न पुग्यो । ‘गाँठो’ फिल्म बाट डेब्यु गरेकी यी नायिकाको नाम मात्र होईन थरसमेत जुधे पछि दर्शकहरु झन धेरै समस्यामा परेका छन् । फिल्ममा चर्चित नायिका नम्रता श्रेष्ठ पो हुन की भनेर साधारण दर्शकहरु निकै झुक्किएका थिए । हाल यी नब नायिका सौगात मल्लसंग दोस्रो फिल्म ‘माछा ‘माछा’ मा काम गर्न लागिरहेकी छन्, भने पुरानी नम्रता ‘जायरा’ को काममा व्यस्त रहेकी छन् ।

प्रियंका कार्की र प्रियंका एमभी : नेपाली फिल्मी क्षेत्रमा एकमात्र राज गरेकी प्रियंका माथि अर्की प्रियंका थपिएकी छन् । अनमोल केसी स्टार फिल्म ‘क्याप्टेन’ बाट फिल्ममा डेब्यु गर्दै छिन् प्रियंका एमभी । प्रियंका कार्की आफैमा चर्चित नाम हो । यतिबेलाकी सर्वाधिक व्यस्त अनि लोकप्रिय नायिका प्रियंकालाई सम्भवत आफनै नाम भएको अर्की नायिका आउँदा कुनै समस्या नआउँला किनकी उनी यतिबेलाकी डिमाण्डेट नायिका हुन् ।

त्यसो त यस क्षेत्रमा नामै जुधेका नायिकाहरु धेरै छन् । ऋचा घिमिरे , ऋचा शर्मा , पुजा चन्द , पुजा शर्मा, करिश्मा श्रेष्ठ , करिश्मा मानन्धर यस्ता धेरै नायिकाहरु छन् तर तिनीहरुमा केही पुराना नायिकाहरु भएकोले पनि उनीहरुलाई लिएर दर्शकहरुमा भने कुनै द्धविधा भएको छैन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 18 = 27