२०२६ को विश्वकप अमेरिकाको अगुवाइमा क्यानडा र मेक्सिकोले संयुक्त रुपमा गर्ने

  • 96
  •  
  •  
  •  
  •  
    96
    Shares

काठमाडौं, ३० जेठ २०२६ को विश्व कप फुटबल कुन देशले आयोजना गर्ने भन्ने टुंगो लागेको छ । विश्व कप फुटबलको २३ औं संस्करण तीन देशले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् ।

अमेरिकाको अगुवाइमा क्यानडा र मेक्सिकोले विश्वकप फुटबल आयोजना गर्ने जिम्मा अन्तर्राष्ट्रिय फटबल महासंघ (फिफा)ले उनीहरुलाई दिएको हो । तीन देशले संयुक्त रुपमा फिफामा टेन्डर हालेका थिए । जसको अर्को पक्ष मोरक्को रहेको थियो । मोरक्कोको र तीन देशबीचको भिडन्तमा अमेरिका, क्यानडा र मेक्सिकोले जित हात पारेका छन् ।

बुधबार रसियामा भएको फिफा कंग्रेसमा भएको मतदानमा अमेरिकी प्रस्तावको पक्षमा १ सय ३४ मत परेको थियो भने मेक्सिकोले ६५ भोटमात्र पाएको थियो । एक भोट दुवै मुलुकको विपक्षमा परेको थियो । २०२६ मा हुने विश्वकप फुटबलका ८० खेल मध्ये ६० प्रतिशत अमेरिकामा हुने छ । यसमा क्वाटरफाइनल भन्दा पछिका सबै खेल अमेरिकामै हुने छ ।
२०२२ को विश्वकप भने कतारमा आयोजना हुने यस अघि नै टुंगो लागि सकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 15 = 24