सल्लाघारीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

  • 522
  •  
  •  
  •  
  •  
    522
    Shares

काठमाडौं, ३१ जेठ । भक्तपुरको सल्लाघारीमा बिहीबार बिहान मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा एकजनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुर बस्दै आएका गुल्मीका १८ वर्षीय किरण श्रेष्ठ रहेका छन् । उनको उपचारको क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडि सवार भक्तपुर बस्ने बाग्लुङका २१ वर्षीय सुन्दर खड्काको सोही अस्पतालमै उपचार भइरहेको छ । बिहान साढे ३ बजे ठिमीबाट सल्लाघारीतर्फ जाने क्रममा सडकका रहेको चौपायलाई जोगाउन खोज्दा बा५५प २५ २७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 7 = 1