यौन दुव्र्यवहारको आरोपमा हैटीमा बेलायती संस्था अक्सफामलाई काम गर्न बन्देज

  • 20
  •  
  •  
  •  
  •  
    20
    Shares

एजेन्सी, ३१ जेठ । हैटी सरकारले बेलायतको परोपकारी संस्था अक्सफामलाई आफ्नो देशमा काम गर्न बन्देज लगाएको छ । सन् २०१० को भूकम्पपछि अक्सफामका कर्मचारीहरू यौन दुव्र्यवहारमा संलग्न रहेको आरोप खेपिरहेका बेला हैटी सरकारको यस्तो निर्णय सार्वजनिक भएको बीबीसीले जनाएको छ ।

‘अक्सफामले उसको देशको कानुन मिचेको छ र मानिसहरूको आत्मसम्मानको सिद्धान्तमाथि गम्भीर रूपमा प्रहार गरेको छ,’ हैटी सरकारले भनेको छ । तर, अक्सफामले विज्ञप्ति जारी गर्दै हैटीका नागरिकहरूसँग माफी माग्दै केही पूर्व कर्मचारीका व्यवहार अस्वीकार्य भएको दोहो¥याएको छ । अघिल्लो वर्ष यौन दुव्र्यवहारको आरोप सतहमा आएपछि बेलायतमै अक्सफाममाथिको निगरानी थप कडा पारिएको छ । हैटी सरकारले गत फेब्रुअरीमै अक्सफामविरुद्ध अस्थायी प्रतिबन्ध लगाएको थियो ।

अक्सफामले आफ्ना इटली, स्पेन र कुवेतमा रहेका कार्यालयमार्फत् हैटीको काम गरिरहने पनि उल्लेख गरेको छ । सन् १९७८ देखि अक्सफाम हैटीमा कार्यरत छ र सन् २०१० को भूकम्पपछि उसले त्यहाँ आफ्ना गतिविधि बढाएको थियो । तर यसै वर्षको फेब्रुअरीमा अस्थायी प्रतिबन्धपछि अक्सफामका कर्मचारीहरू हैटीमा छैनन् ।

यौन दुव्र्यवहारका आरोपबारेका विवरण सबैभन्दा पहिला द टाइम्स पत्रिकाले बाहिर ल्याएको थियो, जसमा एकजना पूर्व प्रमुखले हैटीमा रहँदा देहव्यापारमा संलग्न महिलाहरूसँग सम्बन्ध राखेको भनिएको थियो । चारजना कमर्चारीलाई गम्भीर गल्ती गरेको भन्दै बर्खास्त गरिएको थियो भने पूर्व प्रमुख रोलान्ट भ्यान होवरमायरनलाई उक्त परोपकारी संस्था छाड्न चेतावनी दिइएको थियो । होवरमायरनले गल्ती गरेको स्वीकार गरेका छन्, तर रकम तिरेर यौन सम्बन्ध नराखेको उल्लेख गरेका छन् । फेब्रुअरीमा अक्सफामले हैटीसँग माफी मागेको थियो ।को छ । सन् २०१० को भूकम्पपछि अक्सफामका कर्मचारीहरू यौन दुव्र्यवहारमा संलग्न रहेको आरोप खेपिरहेका बेला हैटी सरकारको यस्तो निर्णय सार्वजनिक भएको बीबीसीले जनाएको छ ।

‘अक्सफामले उसको देशको कानुन मिचेको छ र मानिसहरूको आत्मसम्मानको सिद्धान्तमाथि गम्भीर रूपमा प्रहार गरेको छ,’ हैटी सरकारले भनेको छ । तर, अक्सफामले विज्ञप्ति जारी गर्दै हैटीका नागरिकहरूसँग माफी माग्दै केही पूर्व कर्मचारीका व्यवहार अस्वीकार्य भएको दोहो¥याएको छ । अघिल्लो वर्ष यौन दुव्र्यवहारको आरोप सतहमा आएपछि बेलायतमै अक्सफाममाथिको निगरानी थप कडा पारिएको छ । हैटी सरकारले गत फेब्रुअरीमै अक्सफामविरुद्ध अस्थायी प्रतिबन्ध लगाएको थियो ।

अक्सफामले आफ्ना इटली, स्पेन र कुवेतमा रहेका कार्यालयमार्फत् हैटीको काम गरिरहने पनि उल्लेख गरेको छ । सन् १९७८ देखि अक्सफाम हैटीमा कार्यरत छ र सन् २०१० को भूकम्पपछि उसले त्यहाँ आफ्ना गतिविधि बढाएको थियो । तर यसै वर्षको फेब्रुअरीमा अस्थायी प्रतिबन्धपछि अक्सफामका कर्मचारीहरू हैटीमा छैनन् ।

यौन दुव्र्यवहारका आरोपबारेका विवरण सबैभन्दा पहिला द टाइम्स पत्रिकाले बाहिर ल्याएको थियो, जसमा एकजना पूर्व प्रमुखले हैटीमा रहँदा देहव्यापारमा संलग्न महिलाहरूसँग सम्बन्ध राखेको भनिएको थियो । चारजना कमर्चारीलाई गम्भीर गल्ती गरेको भन्दै बर्खास्त गरिएको थियो भने पूर्व प्रमुख रोलान्ट भ्यान होवरमायरनलाई उक्त परोपकारी संस्था छाड्न चेतावनी दिइएको थियो । होवरमायरनले गल्ती गरेको स्वीकार गरेका छन्, तर रकम तिरेर यौन सम्बन्ध नराखेको उल्लेख गरेका छन् । फेब्रुअरीमा अक्सफामले हैटीसँग माफी मागेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − = 7