किन भाबुक भए सलमान ?

  • 62
  • 1
  •  
  •  
  •  
    63
    Shares

एजेन्सी, ३१ जेठ । बलिउड सुपरस्टार सलमान खान यतिबेला उनकै फिल्म ‘रेस–३’का कारण चर्चामा छन् । सँगै उनी सोनी टेलिभिजनबाट प्रसारण हुने रियालिटी शो ‘दशका दम’का कारण पनि चर्चामा छन् ।

उनी यसै पनि समय समयमा चर्चामा आइरहने व्यक्ति हुन । पछिल्लो समय उनी रियालिटी शो दशका दमकै कारण बढी चर्चामा छन् । हालै मात्र प्रशारण भएको शोमा आफ्ना बाबुलाई सम्झिएर भावुक भएको कुरा सञ्चारमाध्यमहरुका लागि निक्कै राम्रो खुराका बन्न पुग्यो । विश्वभरी नै मनाईने ‘फादर्स डे’ नजिकिँदै छ । हरेक वर्षको १७ जुनमा अधिकांश देशमा फदर्स डे मनाउने चलन छ । शो होस्टिङकै क्रममा सलमान आफ्ना बाबुलाई सम्झिएर निक्कै भावुक भएका थिए ।

उनको जिन्दगी निक्कै खतरामा रहेको छ । हालै मात्र उनलाई मार्न चाहने आपराधी ६ जुनमा पक्राउ परिसकिएको छ । यस्तो बेला फादर्स डे नजिकिएसँगै उनले आफ्ना बाबुलाई सम्झिएर भाबुक बनेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 1 = 5