विश्वकपको उद्घघाटन खेलः अराजक रसियन समर्थक सामु साउदी अरबको खेल कस्तो होला ?

  • 641
  •  
  •  
  •  
  •  
    641
    Shares

काठमाडौं, ३१ जेठ । आजदेखि विश्व फुटबलको महामेला सुरु हुँदैछ । रसियाको राजधानी मस्को स्थित लुजुन्की रंगशालामा उद्घाटन सत्र पश्चात आयोजक राष्ट्र रसियार एसियाली मुलुक साउदी अरेबियाबीच विश्व कप २०१८ को पहिलो खेल हुने छ ।

साउदी अरेबिया र रसियाबीको खेल नेपाली समय अनुसार ८ः४५ बजे सुरु हुनेछ ।
विश्वकप फुटबल इतिहासमा हालसम्म आयोजक राष्ट्रले उद्घाटन खेल हारेका छैनन् । रसियाले पनि त्यो आयक राख्ने आंकलन गरिएको छ ।

तत्कालिन सोभियत संघले १९७० आयोजना गरेको विश्वकपको उद्घाटन खेल भने बराबरीमा रोकिएको थियो । २००६ र २०१० मा विश्वकपका लागि छनोट हुन नसकेको रुस १९६६ मा सेमिफाइनसम्म पुगेको थियो । यो नै विश्वकप फुटबलमा रसियाली हासिल गरेको उपलब्धी हो । २००२ मा एक खेल पनि नजितेको रसियाले २०१४ मा समेत समूह चरणबाटै बाहीरिएको थियो ।

त्यस्तै साउदी अरब २०१० र २०१४ को विश्वकपमा छनौट भएको थियो । साउदीको सबैभन्दा उत्कृष्ट प्रदर्शन १९९४ प्रिक्वाटरफाइनलसम्म पुगेको थियो । १९९८ यता भने साउदीले कुनैपनि खेल जित्न सकेको छैन ।

यो पटक पनि साउदी अरबलाई खेल जित्नका कठिन हुने देखिन्छ । रसियाको घरेलु समर्थक सामु साउदी अरबले जित निकाल्न कठिन भएपनि बराबरीमा सम्म रोक्न सक्नु उसका लागि उपलब्धी हुने छ । तर रसियाका लागि भने यो खेल जित्नै पर्ने दबाब हुने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 84 = 85