‘क्याप्टेन’ चलचित्रको सुटिङ गर्दागर्दै सरोज खनालले दिए तिम्ल्याहा सन्तानकी आमालाई रगत

  • 140
  •  
  •  
  •  
  •  
    140
    Shares

काठमाडौं, ३१ जेठ । मंगलबार ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा अनमोल केसी अभिनित ‘क्याप्टेन’ चलचित्रको सुटिङ हुँदै थियो । सोही समयमा अभिनेता सरोज खनाल आफ्नो दृश्यको सुटिङमा व्यस्त थिए । त्यत्तिकैमा अस्पतालमा बी पोजेटिभ समूहको फ्रेस रगतको तुरुन्त आवश्यकता भएको माइकिङ भयो ।

त्यसपछि अभिनेता खनाल अस्पतालको एमर्जेन्सी पुगे र सोधे, कसलाई चाहिएको हो रगत ? इमर्जेन्सीमा कार्यरत कर्मचारीले जवाफ दिए, तिम्ल्याहा सन्तानकी आमालाई । सरोज खनालको रक्त समूह पनि बी पोजेटिभ नै रहेछ । अनि उनले तुरुन्तै आफ्नो फ्रेस रगत डाक्टरलाई भनेर तिम्ल्याहा सन्तानकी आमालाई दिए ।

ती महिलाले दुई छोरा र एक छोरीलाई जन्म दिएकी रहिछन् । रगत दिएपछि सरोजले फेसबुकमा स्टाटस राख्दै आफ्नो तर्फबाट गर्नुपर्ने कर्तव्य निवाह गरेको र बाँकी ईश्वर र डाक्टरको हातमा लेखेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 3 =