क्युएफएक्सले कुमारी हलमा विश्वकप फुटबल देखाउने, रात्रि शो बन्द

  • 119
  •  
  •  
  •  
  •  
    119
    Shares

काठमाडौं, ३१ जेठ । संसारकै सबैभन्दा महँगो विश्पकप फुटबल आजदेखि सुरु हुँदैछ । अबको एक महिनासम्म हरेक देशमा विश्वकप फुटबलले प्रभाव पार्ने छ । यसैक्रममा सबैभन्दा धेरै असर भने चलचित्र क्षेत्रलाई पर्ने छ । हलिउड, बलिउडका मात्र होइन, नेपाली चलचित्रको व्यापार पनि अबको एक महिनामा निकै कम हुनेछ ।

फुटबलको ज्वरोले सिनेमाको व्यापारमा असर पुग्ने निश्चित छ । यसबेला धेरै सिनेमा हलले फुटबल प्रत्यक्ष प्रसारण गर्ने गर्छन् । काठमाडौंको कुमारी हलले रात्रि शो बन्द गर्ने बताइएको छ । क्युएफएक्सले रसिया विश्वकप फुटबलको क्वार्टरफाइनलदेखिका प्रत्येक खेल देखाउने भएको छ । काठमाडौंका अन्य केही हलले पनि विश्वकप फुटबल देखाउने तयारी गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 3 = 1