सुन्दरी नायिका नम्रता श्रेष्ठको आज जन्मदिन, कति वर्ष लागिन् त ?

  • 3K
  •  
  •  
  •  
  •  
    3K
    Shares

काठमाडौं, ३१ जेठ । नायिका नम्रता श्रेष्ठको आज जन्मदिन । १९८५ जुन १४ तारिखका दिन नम्रताको सुनसरीको धरानमा जन्म भएको थियो । यस आधारमा उनी अहिले ३४ वर्ष लागेकी छन् । यस अवधिमा उनले ‘मेरो एउटा साथी छ’, ‘फस्र्ट लभ’, ‘मिस यु’, ‘छड्के’, ‘मौन’, ‘मेघा’, ‘नोभेम्बर रेन’, ‘ताण्डव’, ‘सोल सिस्टर’, ‘अधकट्टी’ ‘क्लासिक’, ‘पर्व’ जस्ता चलचित्रमार्फत आफ्नो अभिनय कौशलता देखाइसकेकी छन् । १० वर्षअघि ‘सानो संसार’ चलचित्रबाट रजतपटमा प्रवेश गरेकी नम्रता अहिले ‘जायरा’ चलचित्रको सुटिङमा छिन् ।

उनले अहिलेसम्म आफूले खेलेका सबै चलचित्रमा फरक फरक भूमिका निभाएकी छन् । आफैंले निर्माण गरेको ‘जायरा’ चलचित्रमा नम्रतालाई बक्सिङ खेलाडीका रूपमा देख्न सकिन्छ । जसमा उनले आफ्नो कपाल निकै छोट््याएकी छन् । बीचको केही समय सेक्स स्क्यान्डलमा मुछिएकी नम्रता अहिले पर्यटन व्यवसायी दावा स्टेभिन शेर्पासँग रिलेसनसीपमा छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 2 = 8