शाहरुख खानको ‘जिरो’ मा सलमान खान (भिडियो)

  • 233
  •  
  •  
  •  
  •  
    233
    Shares

एजेन्सी, ३१ जेठ । सन् २०१८ को बहुप्रतिक्षित फिल्मको सूचीमा शाहरुख खानको ‘जिरो’ पनि पर्छ । आनन्द एल रायले निर्देशन गरेको यो फिल्म आगामी डिसेम्बर २१ तारिखमा रिलिज हुँदैछ ।

फिल्ममा शाहरुख खानले होचा पुड्का चरित्र निभाएका छन् । ‘जिरो’ मा कैटरिना कैफ र अनुष्का शर्माले शाहरुखसँग अनस्क्रिन रोमान्स गर्ने भएका छन् ।

‘जिरो’ को एउटा नयाँ रहस्य खुलेको छ । त्यो के भने यस फिल्ममा सलमान खान पनि रहेका छन् । अभिनेता शाहरुखले बिहीबार ट्विटरमार्फत फिल्मको भिडियो सार्वजनिक गरेका छन् । जसमा शाहरुख र सलमानले सँगै डान्स गरेका छन् । सलमान अग्ला छन् भने शाहरुख होचा छन् । सलमान खानको ‘रेस ३’ यही शुक्रबारदेखि रिलिज हुँदैछ । ‘रेस ३’ लाग्ने हलमा फिल्म सुरु हुनुअघि ‘जिरो’ को ट्रेलर देखाइने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 1 = 9