ब्राजिल सँधै दवावमा हुन्छ, तर हामी सहि बाटोमा छौंः पाउलिन्हो

  • 768
  •  
  •  
  •  
  •  
    768
    Shares

काठमाडौं, ३१ जेठ । आइतबार स्विट्जरल्याण्ड विरुद्ध विश्वकपको पहिलो खेल खेल्नु अघि ब्राजिलले अन्तिम तयारी गरिरहेको छ । २०१४ मा घरेलु मैदानमा ७–१ पराजय भोगेपछि विश्वकपमा ब्राजिलले पहिलो प्रतिस्पर्धा गर्न लागेको हो ।

यो चार बर्षको अबधीमा ब्राजिल निकै सुधारिएको छ, र बलियो बनेको छ । त्यसैले त विश्लेषकहरुले २००२ पछि ब्राजिलले उपाधि जित्ने उत्कृष्ट टोली भेट्टााएको बताउँदै आएका छन् । प्रशिक्षक टिटेलाई खेलाडीले निकै विश्वास गर्छन् । र टिटेले पनि आफ्ना खेलाडी उतिनै विश्वास गर्छन् । ब्राजिलले बुधबार फ्रेड बिना नै प्रशिक्षण गरेको छ । फ्रेड अहिले घाइते छन् ।

नेयमार, फिलिपे काउटिन्हो लायतका खेलाडीले युग स्पोर्ट स्टेडियममा प्रशिक्षण गरिरहँदा दर्जनौं टेलिभिजनले लाइभ गरेका थिए ।  पत्रकार सम्मेलनमा पाउलिन्होले भनेका छन्, ‘ब्राजिल माथि सँधै दवाव हुन्छ । यो पछिल्लो विश्वकपमा थियो । हामीले चार बर्षमा हामीले जे गरेका छौं, त्यसले अतित सम्झन दिँदैन । हामीलाई उत्कृष्ट भएको प्रमाणित गर्ने अवसर छ ।’

तर उत्कृष्टता प्रमाणित गर्न कति गाह्रो हुन्छ भन्ने चाहिँ आफुहरुलाई था नभएको उनको भनाई छ । ‘हामी जान्दैनौं उत्कृष्टता प्रमाणित गर्न कति गाह्रो हुन्छ । विपक्षीले हामीलाई हेरिरहेका छन्, हामी लगातार खेलिरहेका छौं । यो महत्वपूर्ण कुरा हो, हामीले रोचक किसिमले खेलिरहेका छौं । हामी खुसी छौं । हामी जे गर्छौ त्यो मन पराउँछौं,’ उनले भनेका छन्, ‘हामी सहि बाटोमा छौं र विश्वकपमा ध्यान केन्द्रित गरिरहेका छौं ।’

पाउलिन्हो चार बर्ष अघि टोटनह्यामको फ्लपको रेकर्डमा थिए । टोनह्यामले उनलाई चीनको गोन्जाओ एवरग्रान्डमा बेचेको थियो । तर गत सिजन उनलाई स्पेनिस महारथी बार्सिलोनाले उनलाई अनुबन्ध गरेको थियो ।

‘मेरो मुख्य उद्धेश्य खेल्नु थियो । मलाई थाहा थियो म अघि बढिरहेको छ तर सोचे जस्तो खेलिरहेको छैन । म भविष्यमा ब्राजिलबाट खेल्न चाहान्थे । तर टोटनह्यामले मलाई अवसर दिइरहेको थिएन । त्यसैले टोटनह्याम छोड्नु पर्यो,’ उनले भनेका छन्, ‘चीनले मेरा लागि ढोका खुला गरिदियो । मैले आत्मविश्वसका साथ चीनमा राम्रो खेलेँ र ब्राजिलको टिममा फर्किएँ, यो मेरो सबैभन्दा ठूलो सपना थियो ।’

ब्राजिलले टिटेलाई प्रशिक्षक नियुक्त गरेपछि पाउलिन्होलाई राष्ट्रिय टोलीमा फर्कन सहज बन्यो । टिटेको नेतृत्वमा पाउलिन्होले कोरिन्थनमा खेलेका थिए । पाउलिन्होले ब्राजिलबाट पहिलो रोजाईमै खेल्दै आएका छन् । बार्सिलोनका टिममेट काउटिन्होसँग मिलेर उनले मिडफिल्डलाई सन्तुलित बनाउँदै आएका छन् र आक्रमण समेत गर्दै आएका छन् ।

‘हामीमा कुनै समस्या छैन । म टिमलाई सहयो गर्न चाहान्छु । काउटिन्हो मेरा लागि अद्भुत छन् ।’ ब्राजिलले विश्वकप उपाधिको मुख्य चुनौति मध्येका एक स्पेनलाई लिएको छ । ‘स्पेन एक दावेदार टोली हो । स्पेनसँग प्रतिभाशाली खेलाडी छन् ।’ उनले अन्य प्रतिस्पर्धी जर्मनी, फ्रान्स, बेल्जियम र अर्जेन्टिना रहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + = 20