सञ्चार मन्त्री बाँस्कोटालाई पूर्व सञ्चारमन्त्री रिजालको कटाक्ष: सञ्चार माध्यमलाई गर्ने व्यवहार यही हो त ?

  • 767
  •  
  •  
  •  
  •  
    767
    Shares

काठमडौँ, ३१ जेठ । पूर्व सूचना तथा सञ्चारमन्त्री एवम् नेपाली काँग्रेसका नेता डा.मिनेन्द्र रिजालले अन्तर्वार्ताको क्रममा दाईजो सम्वन्धी प्रश्न गरेकै कारण नेपाल टेलिभिजनको कार्यक्रम बन्द गरिएकोप्रति आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै काँग्रेस सांसद रिजालले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले नेपाल टेलिभिजनको कार्यक्रम सिधा प्रश्नलाई बन्द गर्न लगाएको र कार्यक्रम प्रस्तोता राजु थापालाई निश्कासन गरेकोप्रतिे कडा आपत्ति जनाएका हुन् ।

उनले कुनै पनि सञ्चार माध्यम सरकारको नियन्त्रणमा रहनु हुँदैन भन्ने विश्वव्यापी मान्यता अनुसार नेपाल टेलिभिजनलाई पनि सरकार होईन संसदको मातहतमा लैजाने गृहकार्य भईरहेका बेला कार्यक्रम नै बन्द गराउने र प्रस्तोतालाई निकाल्ने मन्त्रीको निर्णय गलत भएको दाबी गरे ।

उनले सार्वजनिक प्रसारण माध्यम हुनु पर्छ भन्ने मान्यताविपरित मन्त्री बाँस्कोटाले सरकारकै प्रचारकलाई जस्तो व्यवहार गरेको टिप्पणी गरे ।

नेपाल टेलिभिजन र रेडियो नेपाललाई सार्वजनिक प्रसारण माध्यम बनाउन आफू सञ्चारमन्त्री भएका बेला गृहकार्य थालेको उल्लेख गर्दै उनले त्यो सञ्चार माध्यममाथि गर्ने व्यवहार यही हो त भन्दै प्रश्न गरे ।

सरकारका मन्त्रीहरुले कानून् अनुसार काम गराउने भन्दा पनि सत्ताको बल र धम्की देखाउने गरेको डा.रिजालले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

23 − = 21