फिफाको ‘फेभराइटस् इन फोकस’बाट अर्जेन्टिना आउट, ब्राजिल, फ्रान्स, जर्मनी र स्पेन उपाधि दावेदार

  • 1.3K
  •  
  •  
  •  
  •  
    1.3K
    Shares

काठमाडौं, ३१  जेठ । आजबाट  रुसमा विश्वकप फुटबलको २१ औं संस्करण सुरु हुँदैन । प्रतियोगितामा सहभागि हुने ३२ टिम उपाधि जित्नका लागि रसिया जाँदैछन् । त्यस मध्ये पनि केही बलिया टिमलाई उपाधि दावेदारकारुपमा लिएको छ । उपाधि दावेदारको सूची लामो भएपनि प्री–टुर्नामेन्टमा आधारमा फिफाले ‘दी फेभराइट इन फोकस’मा चार जना स्टार खेलाडीलाई राखेको छ ।

फिफाको आधिकारीक वेटसाइटमा गरिएको उक्त विश्लेषणमा ब्राजिलका नेयमार, फ्रान्सका एन्टोनी ग्रिजमन, स्पेनका डेभिड सिल्भा र जर्मनीका मेसुट ओजिल छन् । यो सूचीमा अर्जेन्टिना र मेस्सी समावेश छैनन् । यस्तै पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो पनि यो सूचीमा अटाएनन् । उक्त विश्लेषणमा यीनै चार खेलाडी सम्मेलित टोली मध्ये एकले विश्वकप जित्ने उल्लेख छ ।

ब्राजिल

टिटे नेतृत्वमा रहेको ब्राजिल रसिया विश्वकपमा सहभागिता सुनिश्चित गर्ने पहिलो टिम हो । २०१४ को विश्वकपको समिफाइनलमा जर्मनीसँग ७–१ को लज्जास्पद हार व्यहोरेको थियो । टिटेले नेतृत्व गर्न थाले यता ब्राजिलले उत्कृष्ट प्रर्दशन गर्दै आएको छ । ब्राजिलले केही महिना अघि विश्व विजेता जर्मनीलाई उसकै मैदानमा १–० को हार चखाएको थियो । त्यो खेलमा गोल गर्ने गाब्रियल जेसुस, पछिल्लो विश्वकप पछि एलिसन, काउटिन्हो, कासिमिरो लगायतका खेलाडीलाई टिटेले मौका दिएका छन् । जसले राम्रो नतिजा निकाल्दै आएको छ । ब्राजिलको अहिलेको टिम निकै सन्तुलित, एकजुट र बलियो छ ।

की प्लेयरः नेयमार

फेब्रुअरीमा पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट मार्सेली विरुद्धको खेलमा घाइते भएका नेयमारले पुनरागमन गरेका छन् । जसले ब्राजिलको टोलीलाई थप बलियो बनाएको छ । २६ बर्षिय नेयमारले एक साता अघि कमब्याक गरेका थिए । उनले क्रोसिया र अष्ट्रिया विरुद्ध उत्कृष्ट गोल गर्दै आफ्नो लय प्रमाणित गरिसकेका छन् । उनले ब्राजिलबाट ८६ क्याप खेल्दै ५५ गोल गरेका छन् । यो रोमारियोले गरेको गोल संख्या बराबर हो । उनीभन्दा अघि रोनाल्डो र पेले मात्रै छन् । लामो समय मैदान बाहिर रहेर फर्किएका उनले अष्ट्रिया र क्रोसिया विरुद्ध गरेको गोलले विश्वकपमा उनले शानदार प्रर्दशन गर्ने अपेक्षा गर्न सकिन्छ ।

कोच भ्यू

ब्राजिल रसिया विश्वकपको हेर्न लायक टोली हो । हाम्रो खेल्ने शैली, हामीले गर्ने प्रर्दशन र टिमको सन्तुलन हेर्ने हो भने हामी विश्वकपका स्वभाविक र बलिया दावेदार हौं ।

फ्रान्स

डिडिएर डेस्च्याप रसिया विश्वकपमा उत्कृष्ट प्रतिभा सम्मेलित टोलीको नेतृत्व गर्दै पुगेका छन । उनको २३ खेलाडीको सूचीलाई हेर्ने हो भने फ्रान्स निकै बलियो टोली हो । फ्रान्सको टोलीमा पल पोग्वा, केलियन एम्बाप्पे र डेम्बेले जस्ता उत्कृष्ट खेलाडी छन् । उत्कृष्ट खेलाडीका साथ पाएका डिस्च्याम्पले कस्तो रणनीति बनाउलान ? त्यो हेर्न बाँकी छ ।  तर, फ्रान्सले विश्वकप जित्यो भने डिस्च्याम्प मारियो जागोलो र फ्रान्ज बेकनबाउर पछि खेलाडी र प्रशिक्षककारुपमा विश्वकप जित्ने तेस्रा व्यक्ति बन्नेछन् ।

कि प्लेयर

२०१६ मा भएको यूरो कपमा ग्रिजमनले फ्रान्सबाट उत्कृष्ट प्रर्दशन गरेका थिए । गत सिजन एथ्लेटिको मड्रिडले यूरोपा लिग उनकै उत्कृष्ट प्रर्दशनको सहयोगले जितेको थियो । उनको तिव्र गती र उत्कृष्ट फिनिसिङ फ्रान्सको सबैभन्दा ठूलो हतियार हो ।

 कोच भ्यू

हामीले ठूलो महत्वकांक्षा राखेका छौं । तर, यूरोका स्पेन र जर्मनी हाम्रा सामु छन् । यस्तै दक्षिण अमेरिकी टोली ब्राजिल निकै शक्तिशाली छ ।

जर्मनी

विश्वकपको उपाधि रक्षा गर्न जर्मनीलाई कठिन छ । तर यसको मतलब जर्मन टिम कमजोर भन्ने होइन । पछिल्लो समय उत्कृष्ट प्रर्दशन गरिरहेका ब्राजिल, फ्रान्स र स्पेन उसका लागि ठूलो चुनौति हुन् । विश्वकपको उपाधि १९६२ मा ब्राजिलले रक्षा गरेको थियो । त्यसयता कुनै पनि टोलीले उपाधि रक्षा गर्न सकेका छैनन् । ब्रजिल पछि उपाधी रक्षा गर्ने अवसर जर्मनी सामु छ । कन्फ्रडेरेसन कपममा युवा खेलाडी सम्मेलित जर्मन टोलीले उपाधि जितेको थियो । जर्मनीसँग टिमो वार्नर, लियोन गारेट्जा जस्ता युवा खेलाडी छन् । जसले उपाधि रक्षा गर्ने जर्मनीको अभियानलाई बलियो बनाएका छन् ।

कि प्लेरः मेसुट ओजिल

जर्मन टिमका भरपर्दा र  उत्कृष्ट मिडफिल्डर ओजिलले उपाधि रक्षा गर्न रसियामा उत्कृष्ट प्रर्दशन गर्न सक्नेछन् । तर पछिल्ला बर्षमा भने आर्सनल र राष्ट्रिय टोलीमा उनको प्रर्दशनलाई लिएर आलोचना हुने गरेको छ । त्यो आलोचनालाई उनले रसिया विश्वकपमा चिर्न आवश्यक छ ।

कोच भ्यू

हामीले सुरुवातका खेलमै शिकार बन्न चाहादैनौं । यदी हामी फेरी च्याम्पियन बन्ने हो भने उत्कृष्ट र बलियोरुपमा मैदानमा प्रस्तुत हुन आवश्यक छ । हामी त्यही गर्नेछौं ।

स्पेन

२०१४ मा ब्राजिलमा भएको विश्वकप र २०१६ को यूरोकपमा निराशाजनक प्रर्दशन पछि भने स्पेनको टोलीमा धेरै सुधार भएको छ । अहिले स्पेनले निकै उत्कृष्ट प्रर्दशन गरिरहेको छ । प्रशिक्षक जुलेन लोपेतेगुईले अनुभवी र नयाँ खेलाडीलाई समावेश गरेर सन्तुलित टोलीबनाएका छन् । विश्वकप छनौट चरणमा स्पेनले गरेको प्रर्दशनलाई आधार मान्ने हो भने उ दोस्रो पटक उपाधि जित्न लालयित देखिन्छ ।

की प्लेयरः डेभिड सिल्भा

सय भन्दा बढी अन्तराष्ट्रिय खेले खेलिसकेका र स्पेनको ‘गोल्डेन जेनेरेसन’का अुभवी खेलाडी हुन्, सिल्भा । ३२ बर्षिय सिल्भा स्पेनका प्रमुख खेलाडी हुन् । म्यानचेस्टर सिटीले पछिल्लो सिजन प्रिमियर लिगको उपाधि जित्दा उनले नायकको भूमिका निर्वाह गरेका थिए । स्पेनको दोस्रो पटक विश्वकप उपाधि जित्ने अभियानलाई उनले थप बलियो बनाउनेछन् ।

कोच भ्यू

हामी स्वभाविक दाबेदार हौं । स्पेनिस फुटबलका लागि २००८, २०१० र २०१२ ऐतिहासिँक थियो । त्यसपछि भने हामीले स्थिर सफलता हासिँल गर्न सकेनौं । हामीसँग ठूलो महत्वकांक्षा छ, त्यसलाई पुरा गरेर हामी आफुलाई प्रमाणित गर्न चाहान्छौं ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

29 − = 26