प्रियंका चोपडा विरुद्ध नराम्रो टिप्पणी गर्ने दुबईका शेफ अतुल बर्खास्त

  • 216
  •  
  •  
  •  
  •  
    216
    Shares

एजेन्सी, ३१ जेठ । बलिउड अभिनेत्री प्रियंका चोपडा विरुद्ध नराम्रो कुराको खण्डन गर्दै ट्वीट गर्ने दुबईस्थित मेरियट होटलका स्टार शेफ अतुल कोचरलाई बर्खास्त गरिएको छ ।

कोचरले बलिउड नायिका प्रियंका चोपडालाई निशाना बनाउँदै एक इस्लाम विरोध ट्वीट गरेका थिए जसका कारण उक्त निर्णय लिइएको थियो । यद्यपी, पछि कोचरले उक्त ट्वीट डिलिट गर्दै यसबारे स्पष्टिकरण पनि दिएका थिए ।

कोचरले उक्त विवादित ट्वीट आइतबार गरेका थिए । उनले लेखेका थिए, ‘विगत दुई हजार वर्षदेखि इस्लामद्वारा सताइएको हिन्दु धर्मको भावनालाई तपाईं प्रियंका चोपडाले सम्मान नगरेको देख्दा निकै दुःख लाग्यो । तपाईंलाई आफैंमाथि लाज लाग्नुपर्ने हो ।’

उनको ट्वीटले जब विवाद बढ्यो तब उनले उक्त ट्वीट डिलिट गरे र अर्को नयाँ ट्वीट गरे । उनले लेखे, ‘मेरो ट्वीटको विषयमा कुनै स्पष्टिकरण पेश गर्न सकिन्न । आइतबार क्षणिक भावनामा बगेर मैले गल्ती गरें । मैले आफ्नो गल्ती स्विकारेको छु र म इमान्दारीपूर्वक माफी माग्छु ।म इस्लामोफोबिक होइन । मलाई आफ्नो टिप्पणीप्रति खेद छ जसले थुप्रैलाई रुष्ट बनाएको छ ।’

तर ट्वीट डिलिट गरेपछि र माफी मागेपछि पनि दुबईको होटलले उनलाई बुधबार जागिरबाट निकालिदिएको छ । होटलका एक प्रवक्ताले उनको बर्खास्तीबारे पुष्टि गर्दै भने, ‘हामी आफ्नो होटल र रेष्टुरेन्टमा सांस्कृतिक विविधतालाई कायम राख्न चाहन्छौं र यसमा हामीलाई गर्व छ । यो पाहुनाका साथै यहाँ काम गर्ने कर्मचारीको सन्दर्भमा पनि लागू हुन्छ ।’

अतुल यस्ता भारतीय शेफ हुन् जसलाई  लण्डनस्थित बनारस रेष्टुरेन्टका लागि सन् २००७ मा मिशेलिन स्टार अवार्डद्वारा सम्मानित गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 42 = 51