नायिका केकी अधिकारी प्रेम सम्बन्धमा ! को हुन् केकीका ब्वाइफ्रेण्ड ?

  • 1.4K
  •  
  •  
  •  
  •  
    1.4K
    Shares

काठमाडौँ, ३१ जेठ । नायिका केकी अधिकारी प्रेममा परेकी छिन् । उनको लभ र अफियरका विषयमा मिडियामा खासै बन्ने गरेको छैन । तर पछिल्लो समय भने उनका निकट साथीहरुका अनुसार उनी अहिले कसैको प्रेममा परेकी छिन् भन्ने कुरा बाहिर आएको छ ।

उनी लामो समयदेखि गायक आर्जन पाण्डेसँग प्रेममा परेकी छिन् भन्ने कुरा उनका निकट व्यक्तिहरुले नै बताउने गरेका छन् । केकी र आर्जन पछिल्लो समयमा हरेक औपचारिक र अनौपचारिक जुनसुकै कार्यक्रममा पनि सँगै देखिने गरेका छन् ।

हालै मात्र रिलिज भएको केकीको फिल्म ‘कोहलपुर एक्सप्रेस’को प्रचारमा पनि उनीहरु सँगै देखिने गरेका थिए । यो मात्रै उनीहरुको प्रेमेको प्रमाण त होइन तर हरेक कार्यक्रमहरुमा उनीहरु नजिक देखिनुले पनि केकी र आर्जन पाण्डे प्रेम सम्बन्धमा छन् भन्न सकिन्छ ।

पछिल्लो पटक आर्जनले गायिक इन्दिरा जोशीसँग मिलेर नयाँ गीत बजारमा ल्याएका छन् । त्यसमा केकीको कुनै संलग्नता त देखिँदैन तर उनले आर्जनको गीतलाई आफ्नो फेसबुक बट सेयर मात्रै गरेकी छैनन् उनले स्पन्सर समेत गरिदिएकी छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

89 ÷ = 89