अतिरिक्ट शुल्क हटाउन नेपलले गरेको आग्रहको जवाफ मलेसियाले तीन हप्ता बित्दा पनि पठाएन

  • 231
  •  
  •  
  •  
  •  
    231
    Shares

काठमाडौँ, ३१ जेठ । अतिरिक्त शुल्क हटाउन नेपालले मलेसिया सरकारसँग गरेको कूटनीतिक पहलको अझै कुनै जबाफ नआएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भिसा लगायत विभिन्न शीर्षकका अतिरिक्त शुल्क हटाउन नेपालले थालेको कूटनीतिक पहलको मलेसिया सरकारले तीन हप्ता बितिसक्दा समेत कुनै जवाफ नपठाएको सरकारी अधिकारीहरूले बताएका छन्।

दुई देशबीच कूटनीतिक पहल जारी रहेका बेला वैदेशिक रोजगारीको लागि प्रमुख गन्तव्य मध्येको एक मलेसियामा जाने हजारौँ नेपाली कामदार प्रभावित भइरहेको व्यवसायीहरूले बताएका छन्। सरकारी अधिकारीहरूले भने मलेसियाबाट जबाफ नआउँदासम्म पहल जारी राख्ने बताएका छन्।

वैदेशिक रोजगार व्यवसायीहरूका अनुसार मलेसिया जानका निम्ति आवश्यक सुरक्षा सम्बन्धी पत्र आइएससी दिने प्रक्रिया बन्द हुँदा गएको तीन हप्तामा १० हजार भन्दा बढी कामदारहरु रोकिएका छन्। मलेसियाको भिसा संकलनको जिम्मा पाएको कम्पनी भीएलएनका अनुसार कामगर्ने अनुमति सहितको प्रवेशाज्ञा अर्थात भिसा लिन आउनेहरुको संख्या शून्य जस्तै भइसकेको छ। बीबीसीबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

56 + = 60