स्विमिङड्रेस लगाएको फोटो सामाजिक सञ्जालमा शेयर गर्दा जागिर नै गुम्यो

  • 116
  •  
  •  
  •  
  •  
    116
    Shares

एजेन्सी,३१ जेठ । २६ वर्षिया भिक्टोरिया पोपोवाले स्वमिङड्रेस लगाएको फोटो इन्स्टाग्राममा शेयर गर्दा जागिरबाट निष्काशन गरिएको छ ।
उनलाई यो कु्रा थाहा थियो थिएन तर उनी एउटा फोटोको कारण जागिर बाट निस्कनु परेको छ ।

भिक्टोरिया रुसको ओम्स्कमा एउटा स्कुलमा पढाउँछिन्। केही दिन पहिला उनले इन्स्टाग्राममा एउटा फोटो शेयर गरेकी थिइन, जुन फोटोमा उनी स्विमिङशुटमा थिइन्। यही फोटोका कारण उनलाई जागिरबाट निकालिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

साइबेरियन टाइम्सले स्कुललाई उद्धृत गर्दै लेखेको छ, ‘स्विमिङसुट लगाएको फोटो सामाजिक संजालमा शेयर गरेर भिक्टोरियाले स्कुल र शिक्षण पेशाको अपमान गरेकी छन्।’ तर धेरै सामाजिक संजाल प्रयोगकर्ता उनको पक्षमा देखिएका छन्।

करिव तीन हजार सामाजिक संजाल प्रयोगकर्ताले स्विमिङसुट लगाएको भिक्टोरियाको फोटो शेयर गरिसकेका छन्। उनीहरुले भिक्टोरियालाई जागिरबाट निकालेको विरोध गरिरहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 14 = 24