फिल्म ‘कलंक’ मा सोनाक्षीको इन्ट्री

  • 91
  •  
  •  
  •  
  •  
    91
    Shares

एजेन्सी,३१ जेठ । बलिउड अभिनेता करण जौहरको फिल्म ‘कलंक’ मा अभिनेत्री सोनाक्षी सिन्हाको इन्ट्री भएको छ । निर्माण अघि नै चर्चामा रहेको उक्त फिल्ममा सञ्जय दत्त, माधुरी दीक्षित, वरूण धवन, आलिया भट्ट, आदित्य रोय कपुरलगायत फिल्ममा फाइनल भइसकेका छन् ।

आलिया, वरूण, माधुरी र आदित्यका सिनहरूको सुटिङ सुरु भैसकेको छ । यसैबीच सोनाक्षी सिन्हाले पनि सुटिङ सेट जोइन गरिसकेकी छन् ।सुटिङमा सोनाक्षीको आगमनसँगै आलियाले खुसी व्यक्त गरेकी छिन् । आलियाले इन्स्टग्राममा फोटो पोस्ट गर्दै सोनाक्षीलार्इ स्वागत गरेकी छन् । त्यसो त सोनाक्षीले बुधबार नै ‘कलंक’ मा काम गर्न पाउँदा उत्साह बढेको भन्दै ट्वीट गरेकी थिइन् ।

सन् १९४० को सेटअपमा आधारित फिल्मलार्इ अभिषेक वर्मनले निर्देशन गर्दैछन् । फिल्म २०१९ अप्रिल १९ मा रिलिज हुने सम्भावना छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

51 − 46 =