६ पटक सम्म रिमेक भएको फिल्म फेरी पनि रिमेक गरिँदै

  • 973
  •  
  •  
  •  
  •  
    973
    Shares

एजेन्सी,३१ जेठ । फिल्म जगतमा सबैभन्दा ठूलो मानिएको देश हो भारत । बलिउडलाई विश्वमानै एक प्रसिद्ध फिल्म उद्योगको रुपमा चिनिन्छ । बलिउड बाहेक भारतमा थुप्रै साना उद्योगहरु समेत रहेका छन् । बहुभाषी देश भएका कारण पनि भारतमा फिल्महरु एक भन्दा बढी भाषमा रिमेक हुने गर्छ । एउटै फिल्म ६ पटक सम्म रिमेक भएका रेकर्ड समेत रहेको छ, भने यस्तै थुप्रै पटक रिमेक हुने फिल्महरु कुन कुन रहेछन् त ।

ओक्काडू : उक्त फिल्म फरक फरक चार भाषमा रिमेक भैसकेको छ । यस फिल्ममा तमिलमा ‘गिली’,कन्नडामा ‘अजय’, बंगालीमा ‘जोर’ अनि हिन्दीमा ‘तेवर’ को नाममा रिमेक गरिएको थियो।

मनिचित्रथाजु : ‘मनिचित्रथाजु’ १९९३ सबैभन्दा ठूलो मलयालम फिल्म रहेको थियो। तमिल,कन्नडा, बंगाली साथै हिन्दी सहित अन्य भाषामा रिमेक गरिएको थियो। सलमान खानको ब्लकबस्टर फिल्म ‘तरे नाम’ तमिल हिट फिल्म सेतुको १९९९ को रीमेक थियो। यस फिल्मलाई हिन्दीमा ‘तेरे नाम’, तेलुगूमा ‘सेशु’, कन्नडामा ‘हुचचा’ को रुपमा रिमेक गरिएको छ।

गोलमाल : यस फिल्म ऋषिकेश मुखर्जीले निर्देशन गरेका थिए। तामिलमा मुल्लू, कन्नडमा एसेगोबा मीसेगोबा, मलयालममा सिमवलन मेननको नामबाट रिमेक गरिएको थियो।

बडीगार्ड : मलयालममा ‘बडीगार्ड’ तामिलमा कावलान हिन्दीमा बडीगार्ड बडीगार्ड २०११ मा कन्नडामा, बडीगार्ड २०१२ तेलुगूमा र बंगालीमा बडीगार्ड २०१३ मा गरि धेरै रिमेक गरिएको छ।

द्रश्यमद्र : ‘द्रश्यमद्र’मा सबै भन्दा पहिलो चलचित्रमा मोहनलालले अभिनय गरेका थिए। अहिलेसम्म यस चलचित्र पाँच पटक रिमेक भैसकेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

80 − = 70