अमेरिकी विदेशमन्त्री पम्पेओ भन्छन्, कोरियाले निशस्त्रीकरणको काम छिट्टै सम्पन्न गर्ने छ

  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

एजेन्सी, ३१ जेठ । अमेरिकी विदेशमन्त्री माइक पम्पेओले उत्तर कोरियाले निशस्त्रीकरणको काम छिट्टै सम्पन्न गर्ने अपेक्षा अमेरिकाले गरेको जानकारी दिएका छन् । बिहीबार दक्षिण कोरियाको राजधानी सोल पुग्नुभएका विदेशमन्त्री पम्पेओले भने ‘यो कुरा दक्षिण कोरियाली नेता किम जोङ उनलाई पनि थाहा छ, यो काम जतिसक्दो चाँडै हुनेछ ।’

अमेरिका पनि उत्तर कोरियाली नेता किमजस्तै निशस्त्रीकरणप्रति प्रतिबद्ध रहेको धारणा पनि उनले राखे । उनले भने, ‘सिङ्गापुर शिखर वार्ताको पहिलो र महत्वपूर्ण कार्य नै यही भएकोले यसमा उत्तर कोरियाको प्रतिबद्धता हाम्रो चासो हो ।’ गत मङ्गलबार सिङ्गापुरमा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीचको ऐतिहासिक सम्झौतामा उत्तर कोरियाले निशस्त्रीकरण गर्ने जनाएको छ ।

उत्तर कोरियाले आफ्नो उक्त प्रतिबद्धतालाई चाँडै कार्यान्वयन गर्ने क्रममा रहेको बताएको छ । सोही बमोजिम नै प्रतिबद्धता पूरा होस् भन्नेमा आफू पनि रहेको अमेरिकाले जनाएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 4 =