भारतको काश्मिरमा दाहोरो गोली हानाहानमा परी एक सैनिक र दुई आतङ्ककारीको मृत्यु

  • 107
  •  
  •  
  •  
  •  
    107
    Shares

श्रीनगर, भारत अधिनस्थ काश्मिर, ३१ जेठ ।  भारत अधिनस्थ काश्मिरमा बिहीबार सुरक्षा अधिकारी र आतङ्ककारीबीच भएको दाहोरो गोली हानाहानमा परी एक सैनिक र दुई आतङ्ककारीको मृत्यु भएको छ ।

सरकार अधिकारीहरुले बुधबार सो जानकारी दिएका छन् । श्रीनगर शहरबाट करिब ६५ किलोमिटर उत्तरमा रहेको बान्दिपोरा जिल्लाको पाना जङ्गलमा दोहोरो गोली हानाहान भएको सरकारी स्रोतले जानकारी दिएको छ ।

जङ्गलमा भएको यस दोहोरो गोली हानाहानमा परी दुई आतङ्ककारी र एक सैनिकको मृत्यु भएको कर्नेल राजेस कालियाले सिन्ह्वा समाचार समितिलाई जानकारी दिनु भएको छ ।

सो इलाकामा आतङ्ककारीहरुको खोजी कार्य जारी भइरहेको थियो । उक्त क्षेत्रमा विगत लामो समयदेखि उनीहरुले आतङ्क मच्चाइरहेका छन् ।

गत आइतबार पनि कुप्वाला जिल्लाको तल्लो इलाकामा भारतीय सेनाको कारबाहीमा परी कम्तीमा छ आतङ्ककारी मारिएका थिए । रासस÷सिन्ह्वा

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

40 ÷ 5 =