सञ्चारमन्त्री गोकुल बास्कोटालाई खुल्ला पत्र, ‘दाई’ तपाईको बानी उस्तै रहेछ

  • 1.6K
  •  
  •  
  •  
  •  
    1.6K
    Shares

सञ्चार मन्त्री गोकुल बास्कोटा दाई र समर्थकज्यु’हरुमा सादर नमस्कार,
यहाँहरुलाई, सञ्चो बिसन्चो सोध्नै परेन । हिमालपारिको देश न्यूजिल्याण्डमा रहे पनि यहाँहरु सञ्चै हुनुहुन्छ भन्नेमा सतप्रतिशत ढुक्क छु । सामाजिक सञ्जालमा तपाईहरुको उपस्थितिले त्यही देखाइरहेको छ । पशुपनिनाथसँग प्रथना गर्छु यहाँहरु सबैको कल्याण होस् ।

सञ्चारमन्त्री गोकुल बास्कोटा ‘दाई’ यहाँलाई विशेष आभार टक्र्याउन चाहन्छु । फेसबुक अनी ट्वीटरमा धमाकेदार र उटपट्याङ स्ट्याटसको पखाईमा रहनु भएका तमाम समाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई एउटा राम्रो खुराक उपलब्ध गराई दिनुभयो । जो अहिले निकै बिकिरहेको छ । उनीहरुले आफुखुसी विश्लेषण गरेर तपाईको नाम र फोटोले आफ्नो कम्प्युटर र मोवाइलको भित्ता भरिरहेका छन् । अनि यसको हिस्सेदार बन्नु भएकोमा नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको साप्ताहिक कार्यक्रम सिधा प्रश्नका सञ्चालक राजु थापाज्युलाई पनि बधाइ दिन चाहन्छु । तपाई पनि के कम, सञ्चार मन्त्रीज्युकै हाइटमा नाम र फोटो जो आएको छ ।

मैले चिन्ने अवसर पाएसम्म यहाँहरु दुवै जनाको धारातल पत्रकारिता नै हो । साथै गोकुल दाईको राजनीतिमा पनि उत्तिकै सहभागिता रहँदै आएको कुरा लुकाउनै परेन । सबै सामु प्रस्ट नै छ । कार्यक्रम सञ्चालक थापा पनि पत्रकारितसंगै अन्य पेशामा बेलाबखत झुल्कदै आउने गर्नु हुन्थ्यो । जे भएपनि दुवै जनाको जग पत्रकारिता नै हो भन्दा फरक नपर्ला । यति भएपछि यहाँहरु दुवै जनाले इमान्दार, ब्यवसायिक र स्वच्छ पत्रकारिताको विकासमा कति योगदान पुु¥याउनु भयो त्यो भन्न सक्तिनँ । यदि भनिहाले भने पनि यहाँहरु दुवैलाई नपच्न सक्छ । त्यसैले तपाईहरुकै समर्थक र विरोधीहरुलाई विश्लेषणको जिम्मा दिन्छु ।

सञ्चार मन्त्री गोकुल बास्कोटालाई म दाई भन्थेँ काठमाडौंमा रहेर पत्रकारिता गर्दा र अहिले पनि दाई नै भन्छु । त्यसैले मैले माथि नै दाई भनेर सम्बोधन गरेँ । भलै तपाईसँग प्रत्येक्ष भेट नभएको तीन वर्ष हुन लाग्यो । मलाई संकटको बेलामा आफ्नो पत्रिकामा रोजगारी दिएर निकै ठुलो गुण लगाउनु भएको छ । शम्भु दाईको दृष्टि पत्रिकामा पनि काम गर्थेँ । त्यसले खान पुग्थेन । त्यसैले म पत्रकारिताबाट पलायन हुने सोच बनाउँदै गर्दा तपाईले आफ्नो पत्रिकामा काम दिनु भयो र मेरो पत्रकारिता इतिहासमा थोरै भए पनि योगदान पु¥याउनु भएको छ । जसले मलाई पत्रकारितामै लागि रहन मद्दत पनि गरेको थियो त्यतिबेला ।

पछि तपाईको पत्रिका छाडेर देवप्रकाश दाईको घटना र विचार पत्रिकामा काम गर्न पुगेँ । घटना र विचार पत्रिकामा काम सुरु गरेलगतै पत्रकारिताको नाममा दलीय राजनीति गरिरहेका र आफुलाई प्रेस चैतारीको मसिहा ठान्नेहरुले ‘जो अहिले पनि चौतारीकै कुनै कुनातिरै छन्’ रामहरि काँग्रेसमा गयो भनेर प्रचार गर्थे । पानी बाराबार जस्तै गर्थे, कुनै पनि कार्यक्रममा बोलाउँदैनथे । पछि बोधराज त्रिपाठीको सौर्य पत्रिकामा काम सुरु गरेपछि फेरी तीनै मसिहाहरु अब रामहरि एमालेमै फर्क्यो भन्दै आफ्नो स्वार्थ पुरा गर्नतिर लाग्थे । बाटेको बाबियो जस्तै गरी । यस्ता व्यक्तिहरु अहिले प्रेस चैतारी नामक संस्थामै छन्, केही रिटायर्ड भए क्यारे ।

जबकी तपाई घटना र विचार पत्रिकामै पुगेर पनि मलाई हौसल्ला प्रदान गर्नु हुथ्यो । एमाले र चौतारीभित्र भएका सकारात्मक र नकारात्मक कुराका बारेमा जानकारी गराउनु हुन्थ्यो, दरिलो समाचार स्रोत बन्नु हुन्थ्यो । बेलाबखत देव दाईले तपाईको बारेमा चर्चा गर्नु हुन्थ्यो । मलाई लाग्थ्यो, तपाई स्पष्ट बोल्ने र रति पनि ईख नलिने ब्यक्ति हो । जे देख्नुहुन्छ, बोल्नु हुन्छ । कसैको कुभलो चिताउनुहुन्न ।
हो, तपाई अलिक रुखो बोल्नु हुन्थ्यो । कताकता तपाईमा घमण्ड पनि देखिन्थ्यो । त्यो स्वभाविकै लाग्थ्यो त्यतिबेला । किनकी देशका प्रमुख भनिएको व्यक्तिहरुसंग तपाइको दैनिक उठबस हुन्यो । त्यसले तपाईमा केही घमण्डीपन जाग्नुमा अन्यथा मान्न मिल्दैन थियो । राजनीतिक नेतृत्वमा राम्रो पहँुच भएकै कारण तपाई सञ्चारमन्त्री बन्नुभयो । पत्रकारिता क्षेत्रका बारेमा राम्रो ज्ञान भएका ब्यक्ति सञ्चार मन्त्री हुनुभएकोमा पत्रकारिता जगतको खुसीको कुरा थियो र छ पनि ।

तर, तपाईले आफुमा भएको पुरानै स्वभावलाई अझै बदल्नुभएको रहेनछ । निकै दुःख लाग्यो । त्यही स्वभावले पहिले पनि तपाईलाई निकै क्षति पुगेको थियो । संविधानसभाको निर्वाचनका बेलामा त्यसबारेमा सचेत हुनुस् है दाइ भनेको थिएँ । तपाईको रुखो स्वभावले आफ्नो जिल्लाको पार्टी संगठनमा नराम्रोसँग पछि पर्नु भयो । आफ्नै भनिएकाले हराइदिए । पार्टीको होस या संविधानसभाको निर्वाचनमा तपाई पराजीत भएपछि सुरुमा तपाईको गुणगान गाउनेहरु रातारात विरोधी भइदिए । त्यतिबेलाका विरोधीहरु अहिले तपाईकै अघिपछि घुमिरहेका छन् । गुणगान गाइरहेका छन् । अनि तपाई आफ्नो स्तूती सुनेर मख्ख परिरहनुभएको छ । जसले तपाईलाई दीर्घकालिन भड्खालेमा जाक्दै छ ।

प्रसंग जोडौं नेपाल टेलिभिजनमा दिएको अन्तर्वार्ताको । यो अन्तर्वार्तामा तपाई नराम्रोसंग चुक्नुभएको छ । आफ्नो उच्च छविलाई रसातलमा पुु¥याउनु भएको छ । तपाई फेरी पनि हुकुमी शैलीमा प्रस्तुत हुनुभएको देखिन्छ । जवकी तपाई जनताको ‘नोकर’ हो । जनताको मालिक पक्कै होइन । जनताले आफ्नो काम गर्न तपाईलाई त्यो स्थानमा पुु¥याएको हो । तर, तपाई मालिक बन्नु भयो । हो यहाँ तपाईको ठुलो भूल भयो ।

हो प्रश्न गर्ने कुनै पनि ब्यक्ति वा पत्रकार पुर्ण तयारीका साथ आउँछ । उसले हरेक कुरा सोध्न सक्छ । तपाईले ती सबै प्रश्नको जवाफ नम्रताका साथ दिन सक्नुपर्थ्यो । सक्नु भएन । त्यो तपाईको कमजोरी हो । तपाईले अर्को झन ठुलो गल्ती गर्नु भयो, कार्यक्रम बन्द गराएर । नेपाल टेलिभिजन सञ्चारमन्त्रीको निर्देशन अनुसार चल्छ । यो सबैलाई जानकारी भएकै विषय हो । मनोहरि थापा हुन् या सचिन रोका यि थपनाका पात्र मात्र हुन् । टेलिभिजनमा यिनको खासै हैसियत रहँदैन भन्दा हुन्छ । उनीहरु सञ्चारमन्त्रीकै इशारामा चल्छन् । यो इतिहास र वर्तमान दुवैले देखाइरहेको कुरा हो । र, तपार्ईकै निर्देशन अनुसार तपाईलाई अप्ठ्यारो पारेर प्रश्न गर्ने कार्यक्रमका प्रस्तोतालाई तह लगाउन ‘सिधा प्रश्न’ लाई बन्द गर्न लगाउनु भयो, तपाईका केही ‘अवसरवादी’ शुभचिन्तक बाहेक बाहिर सबैले यही बुझेका छन् । फेरी पनि भन्छु, यो तपाईको महा भुल होे ।

यदि यस्तै गर्ने हो, भने कम्युनिष्ट नेतृत्वको सरकार र पूर्व राजा ज्ञानेन्द्रको ‘तानाशाही’ सरकारबीच के नै फरक रह्यो ? त्यतिबेला पनि ज्ञानेन्द्र र उनको नेतृत्वमा बनेको सरकारका मन्त्रिमण्डलका अधिकारीहरु विरुद्धमा बोल्ने र लेख्ने मिडिया अनि मिडियाकर्मीलाई बन्देज नै लगाइएको थियो । त्यस बारेमा तपाईलाई राम्रो जानकारी छ मलाई भन्दा ।

तसर्थ यसबाट जोगिन तपाईले जानेर होस या अनजानमा गरेको कमजोरी सच्याउँदै रोकिएको कार्यक्रम पुनः सञ्चान गराउनुपर्छ कुनै पनि अवस्थामा । यदि टेलिभिजन प्रशासनले नै कार्यक्रम रोकेको रहेछ भने पनि तपाईले त्यसलाई पुनः सञ्चालन गर्न निर्देशन दिनुपर्छ । यसबाट तपाईको उदारता र भलो देखिन्छ । तपाईले यो मेरो आग्रह हो ।

गोकुल दाईका समर्थनमा सामाजिक सञ्जालमा उभिएकाहरुलाई म सलाम गर्छु। हो, एकलाई पर्दा अर्को उभिनुपर्छ । तर, यहाँ नियतमा निकै खोट देखिन्छ । तपाईको जयजयकारले गोकुल बास्कोटा झन दलदलमा फस्दै छन् । उनलाई नाङ्गेझार पारेर बाटोमा दौडाइ रहनुभएको छ । त्यो तपाईहरुले सोच्नु भएन भन्ने लाग्छ । सामाजिक सञ्जालमा प्रेस चैतारी र एमाले समर्थक कार्यकर्ताहरु लागेको देखिन्छ । सबैभन्दा बढी त चौतारीका ‘पत्रकार’ज्युहरु लाग्नु भएको छ । ‘…लाई चलायो गन्ध’ भने जस्तो गर्नु भयो । तील जत्रो विषलाई सुमेरु पर्वत बनाउनु भयो । तपाईहरु नै होइन साझा सवालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अन्ठसन्ठ प्रश्न गर्नेको समर्थनमा फेसबुक पेज भर्ने । खुसी साटासाट गर्ने । त्यो भुल्नु भयो ? अहिले सञ्चारमन्त्रीमाथि नियमसंग राखिएको प्रश्नलाई अनावश्यक प्रश्न गरियो । अघिपछि हल्कारुपमा प्रस्तुत हुने ब्यक्ति पुरा डकुमेन्टसहित उपस्थित भएर प्रश्न ग¥यो, अख्तियार गर्ने प्रश्न ग¥यो, आफ्नो दायारा बिर्स्यो आदि आदि भनेर पत्रु कमेन्ट गर्न रति पनि लाज लागेन तपाईहरुलाई ? तपाईहरुको यस्तो पोष्ट देख्दा आफैलाई दुःख लागेर आउँछ । कृपया विषयको वास्तविकताभित्र पुगेर सही र लगत छुट्टाएर त लेख्नुस । यदि सक्नुहुन्न भने चुप लागेर बस्नुस् । अनावश्यक रुपमा विषयलाई लम्ब्याउने काम नगर्दा राम्रो । आफ्नो नाक काटेर अरुको … टाल्ने काम नगर्दा राम्रो भन्ने लाग्छ ।

ए बाबा ! यहाँ त कार्यक्रमनै बन्द गरिएको छ । मानौ भोलि समयले कोल्टो फेरेर कमल थापा वा अरु कुनै दलको नेतृत्वमा सरकार बन्यो । र, त्यो सरकारको सञ्चार मन्त्रीले यसैगरी कार्यक्रम बन्द गरिदियो भन्ने तपाई के गर्नु हुन्छ ? मलाई लाग्छ, प्रेस स्वतन्त्रता हनन् भयो भन्दै सबै भन्दा पहिले सडकमा तपाईहरु नै पुग्नुहुन्छ । व्यक्ति नै पिच्छे विज्ञप्ति आउँछन् । सामाजिक सञ्जालमा अहिले जसरी समर्थनमा लेख्नुभएको छ, पछि विरोधमा आउँछन्, यो देखिएकै कुरा हो । नपत्याए आफ्नै फेसबुक पेज पल्टाएर हेर्नुस । पुराना विज्ञप्तिहरु हेर्नुस् । अनि विरोध गर्नुहुने महान व्यक्तित्वज्यूहरु तपाईहरुलाई अरुको विरोध नगरी खाएको पच्दैन ? खाएको पचाउन विरोधनै गर्नु पर्छ है । लोकतन्त्रमा विरोध र समर्थन गर्न पाइन्छ । यो छुट छ । त्यसको पनि कुनै सीमा होला नि होइन र ? तपाईहरु आफ्नो मानो खाएर किन अरुको विरोधमा लाग्नु हुन्छ ?

कामकुरो एकतातिर कुम्लो बोकी… भने जस्तै गर्नु भएको छ, तपाईहरुले ।
तपाईहरुकै सुभ चिन्तक
रामहरि पाण्डे
हाल न्युजिल्याण्ड

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 × 1 =