नेपाली फिल्ममा फ्लप भएका सविनको भोजपुरी इन्डष्ट्री तिर

  • 241
  •  
  •  
  •  
  •  
    241
    Shares

काठमाडौँ, ३१ जेठ । नेपाली सिनेमा जगतको चर्चित व्यानर छबीराज व्यानरबाट नेपाली फिल्मी क्षेत्रमा प्रबेश गरेका नायक सबिन श्रेष्ठले नेपाली फिल्म क्षेत्र छोडेर भोजपुरी तिर लागेका छन् ।

नेपाली फिल्म ‘भाग सानी भाग’ फिल्मको असफलतापछि केही सुस्ताएका सबिन यतिबेला आफनै हो प्रोडक्सनको फिल्म ‘हिरो रिर्टन्स’ बाट नेपाली दर्शकमाझ फर्कदैछन् । तर उनको यो फिल्म कहिले रिलिज हुन्छ भन्ने कुनै टुंगो छैन ।

यसबीचमा उनले एउटा भोजपुरी फिल्ममा पनि काम गरे । भोजपुरी फिल्मका चर्चित नायक निरहुवाको फिल्म ‘निरहुवा चलल लन्डन’ बाट उनले भोजपुरीमा डेब्यु गरेका थिए । उनै सबिनले पुन अर्को भोजपुरी फिल्म हात पारेका छन् ।‘निरहुवा चलल लन्डन’ का निर्माता सोनु खत्रीले निर्माण गर्न लागेको फिल्म ‘नमस्ते लण्डन’ मा सबिनले काम गर्ने पक्का भएको छ ।

‘निरहुवा चलल लन्डन’ को निर्देशन गरेका चन्द्र पन्तले नै उक्त फिल्मको निर्देशन गर्ने भएका छन् । पन्त नेपाली फिल्म इन्डष्ट्रिमा चर्चित द्धन्द निर्देशक हुन् । फिल्ममा सबिनसंगै भोजपुरी स्टार प्रदिप पाण्डे, क्रिटिना, सोनालिका प्रसाद, अमित शुक्ला, देव सिंह लगायतका कलाकारको अभिनय रहनेछ । एक्सन लभस्टोरी जनरामा बन्न लागेको फिल्मलाई लालजी यादवले लेखेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 5 = 1