सलमान खानको ज्वाँई आयुष शर्माको डेब्यु फिल्म ‘लवरात्री’ को ट्रेलर सार्वजनिक

  • 607
  •  
  •  
  •  
  •  
    607
    Shares

एजेन्सी, ३१ जेठ । बलिउडका सुपरस्टार सलमान खानको बहिनि  ज्वाँई आयुष शर्माले डेब्यु गरेको फिल्म ‘लवरात्री’ को ट्रेलर सार्वजनिक भएको छ ।

आयुषलाई बलिउडमा टिकाउने जिम्मा लिएका सलमानका ज्वाँई बलिउडमा कहाँ सम्म पुग्छन् त्यो भने हेर्न बाँकी रहेको छ ।

लामो समयको सुटिङपछि निर्माण भएको उक्त फिल्ममा आयुषलाई अभिनेत्री वरीना हुसैनले साथ दिएकी छन् । भरर्खरै रिलिज भएको उक्त ट्रेलरमा आयुषले अभिनेत्री वरीना हुसैनसँग निकै रोमानस गरेको देख्न सकिन्छ । प्रेम कथामा आधारित सो फिल्म नवरात्रीको दिन प्रर्दशन गरिने भएको छ ।

निर्देशक अभिराजद्धारा निर्देशित फिल्म गुजरातमा छायांकन गरिएको हो । फिल्म अक्टोबर ६ मा रिलिज हुने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 1 = 1