रोमियो एण्डमुनाको दोश्रो गीत भेडेटार घुम्न जाँदै सार्वजनिक (भिडियो)

  • 205
  •  
  •  
  •  
  •  
    205
    Shares

काठमाडौँ फिल्म रोमियो एण्डमुनाको अर्को गीत सार्वजनिकगरिएको छ । भेडेटार घुमौलाबोलको गीतमा विनयश्रेष्ठ र सृष्टिश्रेष्ठ फिचरिंग छन् । कोशिस क्षेत्रीको संगीत रहेको गीतमा विनय र मिना निरौलाको स्वर छ । शब्द दिनेश राउतले लेखेका हुन् ।

यसअघि रोमियो एण्ड मुनाका तीन गीत सार्वजनिक भैसकेका छन् । भेडेटार सहित फिल्मको चार गीत दर्शक तथा श्रोता माझ आइसकेका छन् । अझै फिल्ममा समावेश एउटा गीत सार्वजनिक गर्न बाँकी रहेको निर्माता प्रशन्न गोपाली बताउँछन् । स्क्रिप्टको डिमान्ड अनुसार नै गीत राखेका हौं, निर्माता गोपालीको भनाई छ ।

नरेश कुमार केसी निर्देशित फिल्म रोमियो एण्ड मुनामा विनय र सृष्टि शिर्ष भूमिकामा प्रस्तुत भएका छन् । यी सँगै फिल्ममा सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्ववल सुजल गिरीको अभिनय छ । साउन ११ गतेदेखि प्रदर्शनमा आउने फिल्मको असारको पहिलो साता प्रोमो सार्वजनिक हुनेछ ।

फिल्म निर्माणमा प्रशन्न गोपाली, राजी श्रेष्ठ, रामशर्मा र कविन शाक्यले निर्माण गरेका छन् । प्रदर्शन मिति नजिकिए सँगै निर्माण युनिट प्रचार प्रसारमा लागि परेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

26 − 21 =