उद्घाटन खेलमा आयोजक रसियाको शानदार जित, साउदी अबर ५–० ले पराजित

  • 682
  •  
  •  
  •  
  •  
    682
    Shares

काठमाडौं, ३१ जेठ । विश्वकप फुटबलको २१ औं संस्करणको उद्घाटन खेलमा आयोजक रसिया विजयी भएको छ । ८० हजार दर्शक क्षमता भएको मस्को स्थित लुजिन्की स्टेडियममा भएको खेलमा रसियाले साउदी अरबलाई ३–० ले पराजित गरेको छ ।

समुह ए अन्र्तगतको खेलमा रसियाले १२ औं मिनेटमा अग्रता लिएको थियो । रसियाका लागि सुरुवाती गोल युरी ग्याजिन्सकीले गोल गरे । पहिलो हाफको ४३ औं मिनेटमा डेनिस डेनिस चेरिसेभले गोल गर्दै रसियाको अग्रता दोब्बर पारे । दोस्रो हाफमा रसियाले थप तीन गोल गर्यो । रसियाले ७१ औं मिनेटमा तेस्रो गोल गर्‍यो। रसियाका लागि तेस्रो गोल सब्सिटियूटमा मैदान उत्रेका आर्तेम दर्बुजाले हेड मार्फत  गरे।

इन्जुरीसमयमा मात्रै रसियाले दुई गोल गरेको थियो । ९१ औं मिनेटमा डेनिसले व्यक्तिगत दोस्रो गोल गरे । त्यसको तीन मिनेमा अलेक्सड्रो गोलोभिनले गोल गर्दै रसियालाईलाई ५–० को शानदार जित दिलाएका थिए । जित पछि रसियाले तीन अंक जोडेको छ र समुहको शिर्ष स्थानमा रहन सफल भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

32 ÷ = 16