डा.देवकोटाको निधनप्रति राष्ट्रपतिद्वारा समवेदना प्रकट

  • 44
  •  
  •  
  •  
  •  
    44
    Shares

काठमाडौँ, ५ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको निधनमा समवेदना प्रकट गरेकी छिन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले डा देवकोटाको शव राखिएको बाँसबारीस्थित न्यूरो अस्पताल गई धर्मपत्नी डा मधु दीक्षित देवकोटा एवं छोरीहरुलाई समवेदना प्रकट गर्दै राष्ट्रपति भण्डारीका तर्फबाट शोक सन्देश दिएकी हु्न् ।

सन्देशमा राष्ट्रपति भण्डारीले डा.देवकोटाको निधनले स्वास्थ्य क्षेत्रमा अपुरणीय क्षति पुगेको भन्दै गहिरो दुःख प्रकट गरेकी छिन् । डा.देवकोटाको सोमबार अपराह्न निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 ÷ = 2