श्रीको घाउमा मलम लगाउने बेनिशा

  • 22
  •  
  •  
  •  
  •  
    22
    Shares

काठमाडौँ । नेपाल गायन क्षेत्रमा लक्ष्मण श्रीको नाम पुरानो हो । मन छुने शब्दमा गीत गाउन उनी सिपालु छन् । उनै, लक्ष्मण श्रीको आवाजमा एउटा गीत सार्वजनिक भएको छ ।

‘मनको घाउ निको पार्ने मलम हौ तिमी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

यो गीत लक्ष्मण श्रीको नयाँ एल्बम ‘रचना’मा समावेश छ । बाग्लुङका सफल व्यवसायी समेत रहेका श्रीको आवाजमा समावेश यो गीतमा मिलन बस्नेतको शब्द र बीबी अनुरागीको संगीत छ । गीतकार मिलन नेपाल प्रहरीका पूर्व उपरिक्षक समेत हुन् ।

यो गीतको भिडियोलाई पनि आकर्षक बनाउन गायक श्रीले कुनै कसुर बाँकी राखेका छैनन् । भिडियोमा लक्ष्मण श्री र नायिका बेनिशा हमालको अभिनय छ । यसअघि श्रीका भिडियोमा नायिकाहरु करिश्मा मानन्धर, केकी अधिकारीले सम्म काम गरिसकेका छन् । श्री आफूले गुणस्तरियतामा ध्यान दिने बताउँछन् ।

श्रीले चलचित्र निर्माण गर्ने समेत तयारी गरेको बताएका छन् । यो भिडियोमा अर्जुन तिवारीको छायांकन, विकाश दाहालको सम्पादन छ । भिडियोलाई निशान घिमिरेले निर्देशन गरेका हुन् । निर्देशक घिमिरे भिडियोमा फरक स्वाद खोज्न माहिर मानिन्छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × = 50